तारकेश्वरका ४१ वर्षीय लक्ष्मण फुयाल २ महिना देखी वेपत्ता

प्रेम खड्का

काठमाडौंँ ,(अर्घाखाँची डट्कम) काठमाडौँको तारकेश्वर नगरपालिका २ कार्वेश्वरीका ४१ वर्षीय लक्ष्मण फुयाल विगत २ महिना देखी वेपत्ता भएका छन । 

वौडेश्वर उच्च माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक समेत रहेका फुयाल साउन २८ गतेबाट सम्पर्कबिहिन भएको उनकी श्रीमती सिता फुयालले बताईन , उनि चढ्ने मोटरसाईकल अर्को दिन भेडीगोठ काक्रेश्वरमा भेटिएपनि लक्ष्मण भने आज सम्म सम्पर्कमा नआएको उनका साथी कृष्ण थापाले जानकारी दिए ।

आज २ महिना वितिसक्दा पनि सम्पुर्ण आफन्तजन हरु संग सम्पर्कमा नआएका शिक्षक लक्ष्मणका २ छोरा रहेका छन । कहि कतै देख्नुभएमा नजिकको प्रहरी कार्यलय वा ९८६१३३५०३० नम्बरमा सम्पर्क गरिदिनुहुन उनकी श्रीमती सिता फुयालले अनुरोध गरेकी छन ।