प्रवासी संघ र एकता मञ्चको प्रगतिशिल तीज कार्यक्रम चण्डिगढमा सम्पन्न


रमेश खड़का


चण्डिगढ , अखिल भारत नेपाली एकता मंच र प्रवासी नेपाली संघ भारत महिला समिती चंडीगढ़को संयुक्त आयोजनमा प्रगतिशिल हरितालिका तीज २०७५ हजारौ संख्यामा नेपालीहरुको उपस्थितिमा चंडीगढ़ सेक्टर २३ को वालभवन मा भब्य र सानदार रुपमा सम्पन्न भएको छ।

एकता मंचका रैमता विकको अध्यक्षतामा सम्पन्न प्रगतिशील तिज कार्यक्रममा एकता मञ्चका केन्द्रिय सदस्य कल्पना जिएम र प्रवासी संघका केन्द्रिय सदस्य मिना पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

महान शहीदहरु प्रति एक मिनेट मौन धारण पछि अगाडि बढेको उक्त तिज कार्यक्रम को उदघाटन प्रवासी संघ भारत केंद्रीय सदस्य श्रीमती मिना पोखरेल ले गर्नु भएको थियो । भने, स्वागत मंतब्य एकता मंच बाट हेमन्ती स्याडा र प्रवासी संघ बाट देब कला सुवेदी ले कार्यक्रम मा उपस्थित सम्पूर्ण लाई आफ्नो मनतब्य बाट शुभकामना एबं स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा एकता मंच बाट केंद्रीय सचिव श्री रवि कुमार र संयुक्त राज्य समिति चंडीगढ़ का अध्यक्ष श्री ठाकुर प्रसाद भुषाल लगायत को उपस्थिति थियो भने प्रवासी संघ भारत बाट मिना ओली, सावित्री शर्मा, महेश पौडयाल, राम पाण्डे को आत्थियता रहेको थियो ।

उक्त हरितालिका प्रगतिशील तिज कार्यक्रम लाई सम्बोधन गर्दै एकता मंच की केंद्रीय सदस्य कल्पना जी यम ले तिजको शुभकामना दिदै नारी हक हित र आफ्नो अधिकार को लागी तपाई हामीहरुको एकता को आबश्यकता भएको भन्दै हामी घरको चार भित्ता भित्र मात्र सीमित भएकोले पुरुष प्रधान समाजले गर्दा हामी नारीहरु पछि परेको र अब आफ्नो हक र अधिकार को लागी लडनु पर्ने आबश्यकता रहेको बताउनु भयो ,उहाँले नेपालमा भएका ठुल- ठुला परिबर्तनकारी आन्दोलनमा महिलाहरुको भुमिका को बारेमा बोल्दै दश वर्षे जनयुद्ध देखी लिएर ६२-६३ को १९ दिने जनआन्दोलनमा हामी महिलाको ठुलो योगदान र भुमिका रहेको र देश संघीय लोकतांत्रिक गणतंत्रमय हुनुमा पनि तपाई हाम्रो ठुलो योगदान रहेको छ । आज नेपालमा महिला हिंसा र बलत्कार जस्ता जघन्य अपराध दिन प्रतिदिन बढेकोले चिन्ता ब्यक्त गर्दै तेस्ता जघन्य अपराधमा संगलङ्ग जो कसैलाई पनि कड़ा भन्दा कड़ा कारवाही हुनुपर्छ भन्दै सरकार को ध्यान आकर्षण गराउनु भएको थियो।

“महिला सशक्तिकरण अभियान हाम्रो स्वाभिमान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आगाडी बढ्यौ भने मात्र हाम्रो अधिकार सुनिश्चित हुन्छ हामी हाम्रो अधिकार र स्वाभिमानको निम्ति फेरि आबश्यक अनुसारको लडाईमा तपाई सबैको सहयोग र समर्थन रहने र रहयो भने हामी हाम्रो अधिकार सुनिश्चित गर्न सफल हुने छौ भन्दै महिला हक अधिकार को निम्ती लडीने कुनै पनि आन्दोलमा तपाईहरु सबैको सहयोग र सहभागी हुने मा बिस्वास ब्यक्त गर्नु भएको थियो।

प्रवासी नेपाली संघ भारत केंद्रीय सदस्य श्रीमती मिना पोखरेलले राता साड़ी चुरापोते र गरगहना लगाएर यो प्रगतिशील तिज कार्यक्रम सफल पार्न एक जुटताका साथ उपस्थित हुनु भयकोमा सम्पूर्ण दीदीबैनीहरू लगायत उपस्थिति सबैलाई तीज को शुभकामना एबं धन्यवाद दिनु भयको थियो। उहाँले अब मनोरंजन मूलक कार्यक्रममा मात्र हाम्रो उपस्थिति सीमित राख्नु हुदैन भन्दै महिला हिंसा दमन को बिरुद्ध र हाम्रो हक अधिकारको निम्ती पनि आज को जस्तै एकजुटता को खाचों छ भन्नु भयो।उहाँले राता साड़ी र चुरा पोतेको प्रसंग जोड़दै पुरानो संस्कार रूढ़िवादी परम्परागत तिज को अन्त्य गर्नु पर्छ भन्दै हामी कहिले सम्म पतिको लामो आयु को निम्ती बर्त बस्ने हाम्रो लागी पनि उहाहरु बर्त बस्ने की नबस्ने भन्दै प्रश्न गर्दै हामी समानता का कुरा र भाषण गर्छौ तर हामी आफ्नै घरसमाज बाट पनि शोषित छौ भन्दै यसको अन्त्य कहिले सम्म गर्ने भनि प्रश्न गर्नुभयो।उहाँले आधा आकाश र आधा धरती ओगटेका हामी नारीहरु आफ्नै घरवाट यो पुरानो र रुढ़िवादी परम्परा को अन्त्य गर्नु पर्छ भन्दै अब आफ्नो हक अधिकार र नारी समानता लागी आगाडी बढ़नु पर्ने मा जोड़ दिनु भयो।

कार्यक्रम को दौरान बीच बीच मा दुबै संगठन का महिला दीदीबैनी हरूले आफ्नो आफ्नो संस्कृति झलकिने रोचक तिज गित अनी ग्रुप नृत्यहरु लगातार प्रस्तुत गर्नु भएको थियो भने इच्छुक दीदी बैनी आमाहरुलाई पनि नाच्ने ब्यबस्था मिलाउनु भएको कार्यक्रम प्रवासी संघ भारतकि सावित्रा कालाथोकीको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्त्यमा अध्यक्ष वाट कार्यक्रम मा उपस्थित भई अन्त्य सम्म धैर्यपूर्वक बसी कार्यक्रम सम्पन्न गर्न गराउन सहभागी हुनुभयको सम्पुर्ण दिदिबैनी लगायत उपस्थित सबैलाई तिजको शुभकामना सहित हामीहरु परदेश मा भएपनि आफ्नो भाषा र संस्कृति लाई बचाई राख्नु पर्छ र महिला हिंसा बिरुद्ध एकजुट हुनु पर्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।