नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैटौं अधिबेशन सम्पन्न ,अध्यक्षमा कुवंर निर्वाचित

दक्षिण कोरिया असोज ०९  । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैटौं महाधिवेशन सम्पन्न भएको छ । 
निर्वाचन बाट निबर्तमान उपाध्यक्ष रन्जनराज कुवंर अध्यक्षमा निर्वाचित भएका छन । उनका प्रत्यासी निवर्तमान अध्यक्ष सन्दिप पाण्डे भन्दा २ मत बढी ल्याई कुवंर बिजय भएका छन । जम्मा ४२ मतदाता रहेकोमा ३४ जना मतदाताको  उपस्थिति रहेको थियो । ३४ मध्ये १८ मत रन्जन कुवंर को पक्ष मा खस्यो भने १६ मत सन्दिप पाण्डेको पक्षमा खसेको थियो । 
तेस्तै बरिस्ठ उपाध्यक्षमा किशन गौतम ,उपाध्यक्षमा द्वोय दुर्लभ बन्धु  पोखरेल र रेश्मा राई ,महासचिवमा मीन बहादुर बिक ,सचिवमा द्वोय केशव पोखरेल र निकुञ्ज तिवारी ,कोषाध्यक्षमा बबिता बोली क्षेत्री निर्वाचित भएका छन । 
एस्तो छ आज निर्वाचित १५ सदस्यीय कार्यसमिति:  
नेपाल पत्रकार महासंघ कोरिया शाखा को अधिबेशन उद्घाटन को लागि  पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य प्रमुख अतिथि को रुपमा आउनु भएको थियो