प्रेम खड्का
काठमाडौंँ (अर्घाखाँची डट्कम) । काठमाडौँको तारकेश्वर नगरपालिका २ कार्वेस्थलीका ४१ वर्षीय लक्ष्मण फुयाल महिनौ दिन देखि वेपत्ता भएका छन ।
वौडेश्वर उच्च माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक समेत रहेका फुयाल साउन २८ गतेबाट सम्पर्कबिहिन भएको उनकी श्रीमती सिता फुयालले बताईन , उनि चढ्ने मोटरसाईकल अर्को दिन भेडीगोठ काक्रेश्वरमा भेटिएपनि लक्ष्मण भने आज सम्म सम्पर्कमा आएका छैनन् ।
उनी कलंकी हुँदै मुग्लिङसम्म एक्लो मोटरसाइकल पुगेको प्रहरीले फेला परेको थियो । मुग्लिङ र नारायणगढको बिचमा पर्ने जलभिरेमा उनका चप्पल समेत फेला परेका थिए ।
महिनौ वितिसक्दा पनि सम्पुर्ण आफन्तजनहरुसंग सम्पर्कमा नआएका शिक्षक लक्ष्मणका २ छोरा रहेका छन । कहि कतै देख्नुभएमा नजिकको प्रहरी कार्यलय वा ९८६१३३५०३० नम्बरमा सम्पर्क गरिदिनुहुन उनकी श्रीमती सिता फुयालले अनुरोध गरेकी छन ।
श्रीमतीले किताब लिन जान्छु भनेर हिंडेका श्रीमानलाई जहाँ सुकै भएपनि संपर्कमा आउन अनुरोध गरेकी छन् ।