स्वतन्त्र पत्रकार संघ रूपन्देहीको तेश्रो अधिबेशन माघ ५ गते हुँदै

अर्घाखाँची डट्कम संवाददाता

बुटवल, (अर्घाखाँची डट्कम) स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देहीको तेश्रो अधिबेशन माघकाे पहिलाे साता हुने भएको छ । संघका कार्यबाहक अध्यक्ष अनिल पहाडीको अध्यक्षतामा बसेको बैठकले माघ ५ गते शनिबार अधिबेशन गर्ने निर्णय गरेको हो ।

पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नू भन्ने मुल नारा सहित संगठित स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देही शाखाकाे स्थापना २०६९ सालमा भएको थियो ।

जिल्लाका एक दर्जन भन्दा बढी स्वतन्त्र पत्रकारहरु सहित केन्द्रिय उपाध्यक्ष राजेन्द्रजंग रायमाझीकाे उपस्थिति रहेको बैठकले अधिबेशनलाई भव्य र सभ्य तरिकाले सफल बनाउन तथा तयारीका लागि विभिन्न समिति हरूकाे निर्माण गरिएको साथै संघमा आवद्ध हुन चाहने पत्रकारहरुका लागि नयाँ सदस्यता खुलाईएको बताईएको छ ।

अन्य समाचारहरु