राजु खनाल
साउदी अरब । नेपाली भाषा, कला, संस्कृति र साहित्यको उत्थान, सम्बर्द्वन, र प्रतिभाहरुको सम्मान र पहिचान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा मध्यपूर्वमा अवस्थित विविधताले भरिएको देश साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ ।
नेपाली राजदूतावसको प्राङगणमा नियोग उप प्रमुख आन्नद प्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधि र साहित्यप्रेमिहरुको भेलाले नमराज लामिछानेको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्ट सर्वसम्मतिबाट चयन गरिएको छ ।
जसको उपाध्यक्षमा बिमल गौतम र अन्जान पाेख्रेल महासचिवमा अरुण वेलबासे “राेज”, सचिवमा सन्ताेष लुईटेल “समीप”, काेषाध्यक्षमा जितु खड्का “गाँउले”, सदस्यहरुमा नागेस तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहेका छन भने भने प्रमुख सल्लाहकारमा आनन्द प्रसाद शर्मा लाई चयन गरिएको छ। सो अबसरमा बोल्दै वक्ताहरुले नेपाली भाषा सहित्य विश्वमा चिनाउन विदेशमा बस्ने नेपालीहरुको ठूलो हात रहेको बताउदै प्रबासमा रहेको नेपालीहरुले आफ्नो सृजनाबाट पनि आफ्नो पहिचान बनाउन सक्ने र सहित्यमा कलम चलाउनु पर्ने सुझाउदै फुर्सदको बेला सबैले साहित्य सृजनाहरु कोर्ने र एक अर्कावीच भावनाहरु साटासाट गर्दा साहित्यको रुपमा भावना बुझ्न र साट्न सकिने बताएका थिए ।
दुई चरणमा गरिएको कार्यक्रमको संचालन अनेसास साउदी च्याप्टरका महासचिव अरुण वेलबासे “राेज” ले गरेका थिए ।