दिपक भुसाल
काठमाडौं । स्थायी घर अर्घाखाँची भएका शिवदेव पाण्डे हाल घट्टेकुलोमा बस्छन् । औपचारिक युनियन लाइफ इन्सुरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन ।
यो पेशामा आवद्ध हुन भन्दा अगाडी वीमाका बारेमा खासै जानकारी नराखेका उनले एउटा साथीको करमा युनियन लाइफ इन्सुरेन्स कम्पनीको अभिकर्ता तालिममा सहभागी भएका थिए । उक्त तालिमले यो पेशामा लाग्दा राम्रो हुने मेरो मनले भन्यो भन्छन् पाण्डे । डि.जि.एम, सिनियर डि.जि एमको अभिकर्ता तालिमले यो पेशामा आउन आकर्षित मात्र गरेन प्रेरणा पनि दियो । पारिवारिक पृष्ठभुमि समाजसेवा रहेका पाण्डे यो पेशामा आवद्ध भएपछि अझ सामाजिक बन्न प्रेरणा दिएको बताउछन् । राम्रो आम्दानी,कमिशनका साथै पवित्र पेशा भएको यो व्यवसाय साच्चै नै अरुका लागि पनि प्रेरणादायी बन्न सक्छ उनको कथन छ ।
हाल रेष्टुरेन्ट व्यवसायमा आवद्ध उनी ती व्यवसायका साथ साथै यस पेशालाई पनि दीर्घकालिन पेशा बनाउने ध्याउन्नमा छन् । वीमा अभिकर्ताको प्रमाणपत्र लिए पश्चात आफ्नो वीमा आफै गरेका उनले हाल करिव ५० लाख भन्दा बढी प्रिमियम संकलन गरी सकेको वताउछन् । कम्पनीमा आवद्ध भएको करिव डेढ महिनामा इन्सुरेन्सको माध्यमबाट कार चढेका उनी नेपालको वीमा वजारलाई भर्जिन बजारको रुपमा लिएको बताए ।
वीमाको बारेमा ६२।६३ साल तिर सुनेका उनी गाउँघरमा वीमा गराउनु प-यो भन्दै आउने तर त्यसको कारण र औचित्य, सकरात्मक पक्षहरु नबताउने गरेका कारण त्यति बेला आफुले वीमा नगरेको बताए । केबल वीमा अभिकर्ताहरु आफ्नो लक्ष्य पुरा गर्ने नाममा वीमा गराउन जबरजस्ती गरेको देखेका उनी यसलाई वीमा अभिकर्ताहरुमा वीमाको बारेमा राम्रो ज्ञान नभएका कारण यस्तो भएको बताउछन् । वीमा गराउनु कुनै पनि परिवारको भविष्यलाई सुनौलो र दीर्घ बनाउनु हो भन्ने उनको बुझाई छ ।
खास गरेर वीमाको बारेमा विद्यालय स्तरबाट नै जनचेतना जगाउने हो भने अकालमा हुने दुर्घटनाबाट कुनै पनि परिवार सडकमा आउन बचाउने उनको धारणा छ । त्यसैले नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका पाठ्यक्रममा वीमा सम्बन्धी चेतना मुलक जानकारी र विषयवस्तु राख्नु पर्ने उनको सुझाव छ । अन्त्यमा वीमा सके सम्म जानेर बुझेर र आफुलाई आपत विपतका बेला सहयोग गर्ने वीमा अभिकर्ता सँग लिदा दीर्घकालमा पछुताउनु पर्दैन । समाजलाई अमनचयन कायम गर्न पनि वीमा आवश्यक छ ।