अर्घाखाँची डट्कम ,संवाददाता
दोहा,कतार (अर्घाखाँची डट्कम) “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहि गरौं” भन्ने नारा सहित अर्घाखाँची बाट कतारमा रहि रोजगारी तथा व्यवसाय गरि बसेका अर्घाखाँची वासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन २२ मार्च मा हुने भएको छ ।
सन २००६ मा स्थापित भएको समाजले कतार तथा नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरु लाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग गर्दै आएको संस्थाले अर्घाखाँची जिल्लामा बिमारी अथवा दुर्घटनामा परि यातायातबाट बञ्चित भई अकालमा ज्यान जान बाट जोगाउन एम्बुलेन्स प्रदान गरिसकेको समाजले विधान अनुरुप अधिबेशन गर्न लागेको हो ।
कतारको मुन्तजा पार्कमा अवस्थित केरला कल्चर सेन्टर हलमा शुक्रबारका दिन बिहान ११ बजेबाट सुरु हुने उक्त अधिबेशनमा अर्घाखाँची बाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई संस्थामा आवद्ध हुनका लागि सदस्यता नलिनु भएका जिल्ला बासिहरुले सम्पर्क गरि सदस्यता लिनु हुन अध्यक्ष ठाकुर कुमार परियारले सबैलाई अपिल गर्नुभएको छ ।
त्यस्तै कतारमा रहनुहुने सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, विभिन्न राजनीतिका भातृसंगठन प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकार ,कलाकार साहित्यकार, तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई अधिबेशन भव्य सभ्य रुपमा सफल पारिदिनु हुन महासचिव टेकराज थापाले आव्हान गर्नुभएको छ ।



