बहराइनमा नेपाली श्रमिकहरुको साझा संगठन जिफन्टको सहयोगी प्रबास समिती गठन

अर्घाखाँचीडट्कम संवाददाता
बहराइन- नेपाली श्रमिकहरुको साझा संगठन नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट) को सहयोगी प्रबास समिती बहराइनमा गठन भएको छ ।
नेपाल ट्रेड युनियनका राष्ट्रिय उपाध्यक्ष कमल गौतमको सभापतित्वमा भएको एक भेलाले समिती निर्माण गरेको हो । जसको प्रमुख अतिथि ट्रेडयुनियन बहराइनका अध्यक्ष करिम मोहम्मद रहेका थिए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी करिम मोहम्मदले नेपाली श्रमिक कामदारलाई आफूले सकेजति सहयोग गर्ने र  श्रमजीवी कामदार माथि कहि कतै अन्याए भएको थाहा पाएमा तत्काल खबर गर्न पनि अनुरोध गरेका थिए । 
त्यस्तै नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्षले बिश्वभर छरिएर रहेका नेपालीहरुले श्रम अनुसारको मूल्य पाउनु पर्ने, निर्धक्क जागिर गरि स्वदेश फिर्ताहुने बाताबरण बनाउनेमा आफूहरुको पहल रहने बताए । आउदा दिनहरुमा बहराइन ट्रेड युनियन सङ साझेदारी गर्दै अगाडि बढ्न सुझाव समेत दिए ।
उक्त ट्रेड युनियन महासंघको शाखा बहराइन तदर्थ समितिको अध्यक्षमा युबराज केसी,उपाध्यक्षमा छबिलाल बिक,सचीवमा राजु पहारी,सहसचिबमा रामु काफ्ले तथा सदस्यहरुमा बिरेन्द्र बुढाथोकी, पशुपति श्रेष्ठ,पुष्पा प्रजा र कमला बोहरा रहेका छन् ।
नव गठित कमिटीलाई प्रबासी नेपाली मञ्च बहराइनका अध्यक्ष शालिग्राम पन्तले सुभकामना मन्तव्य दिएका थिए। भने नव निर्वाचित अध्यक्ष युबराज के सी ज्युले आफुलाई दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्धता जनाउनु भएको थियो भने सो कार्यक्रमको संञ्चालन अमर श्रेष्ठले गरेको सचिब राजु पहारीले  बताएका छन् ।