एनआरएन अमेरिकाको उपाध्यक्षमा पर्यटनदुत बाला घिमिरेको बलियो पकड

दिपक भुसाल
शिकागो । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदमा भिडने उमेद्वारमध्ये बाला घिमिरेको पकड बलियो देखिएको छ । उनी अमेरिकाको इलिनोइस सिकागोका लागि नेपाल सरकारका पर्यटनदूत एवं समाजसेवी पनि हुन । 
शान्त, शालिन र नरम स्वभावका सामाजिक ब्यक्तित्व बाला घिमिरे अमेरिकामा रहे पनि नेपाल र नेपालीहरुको उत्थानका लागि निरन्तर खटिदै आएका छनन । 
सामाजिक सन्जालमा ‘माइनसमा झरेको शिकागोको ठन्डीमा पनि एनआरएन अमेरिकाको एकाएक गरमागरम बनेको चुनावी माहौलले मलाई समेत तातो बनायो’ भन्ने अभिब्यक्ति दिएर समस्त नेपालीहरुको प्रतिनिधिमुलक संस्था एनआरएन अमेरिकाको बोर्ड पदाधिकारीमा आकांक्षी देखिएका घिमिरे उपाध्यक्षका बलियो दावेदार रहेको एनआरएन अमेरिका बृतमा चर्चा छ  । 
नेपाल सरकारका पर्यटनदुत रहेका बाला घिमिरे शिकागोका ब्यबसायी पनि  हुन ।   ब्यबसायी घिमिरेले आफ्नै अगुवाइमा अन्य २ संस्थासँग सहकार्य गरेर नेपालका पूर्व प्रधानमन्त्री, बिशिस्ट कर्मचारी, सामाजिक हस्तीहरुलाई सहभागि गराएर भर्खरै शिकागोमा नेशनल कन्भेन्सन सफलतापुर्बक सम्पन्न गरेका छन । 
बरिष्ठ समाजसेवीको परिचय बनाएका घिमिरेले समाजसेवामा खटिएबापट अमेरिकाका पुर्व राष्ट्रपति, प्रदेश मन्त्री लगायत विभिन्न व्यक्तित्वबाट सम्मान समेत पाएका छन ।