नयाँवर्ष २०७६ लाई लक्षित गर्दै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सले पंजावको लुधियानामा रक्तदान कार्यक्रम गर्ने

डिआरजी सुमन
न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सले रक्तदान कार्यक्रम गर्ने भएको छ । भर्खर मात्र नयाँ कार्य समिती चयन गरेको समितीले नेपाली नववर्षको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको कोषादक्ष ईश्वरी घिमिरे (ईन्द्र) ले अर्घाखाँची डटकमलाई जानकारी गराएका छन ।
नेपालको विभिन्न शहरवाट सुरक्षित र भरपर्दो तवरले नेपाल भारत यातायात संचालन गरेको कम्पनि न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सले पंजावको लुधियाना स्थित ढोलेवालमा रहेको कार्यालय प्रगाढ़मा अप्रैल २१ तारिख आईतवारका दिन रक्तदान कार्यक्रम राखेको पत्रमा उल्लेख गरिएको छ । रक्तदान कार्यक्रममा ईच्छुक कसैले पनि रक्तदान गर्न सक्ने वताईएको छ ।
१६ मार्चमा सम्पन्न न्यु सागर एन्ड सगरमाथा टुर एन्ड ट्राभल्स प्रा०लि लुधियानाको वार्षिक साधारण सभाले ९ सदस्यीय कार्यसमितीको गठन गरेको छ । नयाँ कार्यसमितिमा अर्घाखाँची जिल्लाको पाणीनी ४ पटौटी स्थाई निवासी  दिनेश परियारको अध्यक्षतामा ९ सदस्यीय कार्य समितीको उपाध्यक्ष के.वि पान्डे,सचिव तुल्सा थापा,सह सचीव गोविन्द अधिकारी कोषादक्ष्यमा निवर्तमान सचिव इश्वरि धिमिरे निर्वाचित भएका छन । 
यस्तै कार्य समिती सदस्यमा गोपाल बिक,वसन्त थापा,रमेश के.सी, सुरज के.सी सर्व सहमत निर्वाचित भएका छन । 
यस्तै समितीको पहिलो वैठकले कृष्ण भन्डारी र पदम बोहोरालाई सल्लाहकारमा मनोनयन गरेको छ ।