क्लिन काष्ठमण्डप अभियान्ताहरु जब रातीको १० बजे कलंकीको अन्डर ब्रिज सफाइमा जुटे

प्रेम खड्का 
काठमांडौ । ७ चैत्र । रातभरि नसुती सडक सफा गर्दै हिड्ने Clean काष्ठमण्डप अभियान्ता केपि खनाल र सचिन पाण्डे जब रातीको १० बजे नेपालकै एउटा मात्र कलंकिको अन्डर ब्रिज सफाइमा जुटे ।
एकाएक रातिको महोल नै तात्यो । काठमाडौर म बदलिन्छु अनि मेरो देश बद्लिन्छ भन्दै  Clean काष्ठमण्डप अभियान एक १७ बर्षिय किशोर केपि खनालले नेतृत्व गरेपछि बिगत केही बर्ष देखि देशमा सफाइको तरंग फैलिएको छ । सुरुवातमै फ़ोहोरै नगर्ने बानी बसालौ भन्ने संदेश लिएर आएको यो अभियानले देशका मुख्य मुख्य सहरका युवाहरूलाई सफाइ गर्न जोस दियो र आज हरेक ठाउँमा सफाइ छ । सफाइ जताततै भएपछी यश अभियानले रात्रिकालीन अभियान नेपालमा पहिलो पटक सुरुवात गर्यो र आज त्यसले एक नया मोड लिएको छ । सचिन पाण्डेले सफाइ गर्ने अनि कान्छा अभियान्ताले हामि राती एक्लै भयौं आउनुहोस भन्दै बोलाएपछी लाइभ हेर्दै सफाइ गर्न युवाहरूको भिड लाग्ने यो दृश्य हेर्न लायक हुन्छ उनिहरुको रात्रिकालिन सफाइमा ।
यसैबिच हिजो राती करिव १० बजे पछि कलंकी पुग्दै Clean काष्ठमण्डपका अभियान्ता सचिन पाण्डेले हामी कलंकी पुग्यौं अब केही समयपछि सफाइ हुनेछ भन्दै स्टाटस राख्यपछी एकाएक माहोल तात्तो र सुरुवातमा केपि खनाल, सचिन पाण्डे, अर्जुन पोख्रेल मात्रै सफाइ गर्दौ गर्दा पछि एका एका अनेरास्ववियुका महासचिव ऎन महर उनिहरु सङगै देखिए महर आइसकेपछि फेरि रौनक बन्यो रातिको सफाइ महर म बोल्न होइन काम गर्न आएको छु भन्दै एका एक सफाइमा लाग्दा हेर्नेलाइ जोस जाग्यो त्यसपछि एका एक एअरपोर्टबाट अनिश घिताङग त्यहा पुग्दा अझै हौसला मिल्यो त्यसपछि एका एक एक कार्टुन पानीको बोतल, माक्स पन्जा सहित दिलिप राई र मेरि राई जब पुग्नुभयो त्यसपछि तिर्खाएका अरु अभियान्ताले धर्म लाग्यो भन्दै पानी पिए त्यसपछि आएका दुबै जनाले तपाईहरु महान भन्दै सडकमा सफाइ तर्फ लागे यसरी हिजो राती करिब १० बजे देखि एक बजेसम्म कलंकी सफाइ गर्दा अन्तिममा सबैले बिन्ती गर्दै भने कि म बद्लिन्छु अनि मेरो देश बदलिन्छू भन्ने भाव प्रत्येक नेपालीमा भएको भए हामी राती आउनुपर्ने थिएन त्यसैले अरुलाइ दोष भन्दा आफुलाइ गरौ र आफू बद्लियौ भने देश बद्लिन्छ भन्दै सफाइ समापन  भयो । यसै सफाइ बाट कान्छा अभियान्ता केपि खनालकै नेतृत्वमा बाजुरामा करिव ५० लाखको लागतमा अनाथ आश्रम निर्माण गरिरहेका छन ।

अन्य समाचारहरु