छत्रदेव भिरामुनिकी मृगौला पिडित बालिका मनिषा नेपालीलाई क्लिन काष्ठमण्डप अभियानबाट सहयोग हस्तान्तरण

प्रेम खड्का
काठमाडौं  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला छत्रदेव गाउपालिका ८ भिरामुनिकी दुबै मृगौला पिडित बालिका मनिसा नेपाली लाई क्लिन काष्ठमण्डप टिमले  आफ्नो तर्फबाट सहयोग हस्तान्तरण गरेको छ।
सुरुमा उनिहरु पिडित बालिकाको स्वस्थ्य अबस्था बुझ्न पिडित बालिका समक्ष पुगे पनि त्यहाँ पुग्दा परिबार अार्थिक अबस्था र पिडित परिबारको कुरा सुन्दा मन थाम्न सकेका थिएनन्।
उनिहरुले अाफ्नो मनलाई सान्त पार्न रु ३२२५रुपैयाँ उपचार का लागि सहयोग गरेका थिए।स्वास्थ्य अबस्था बुझ्न नेपाल कै कान्छा अभियान्ता केपि खनाल सचिन पाण्डे बिष्णु सुबेदि रुपेष शाह पुगेका थिए।उनिहरुले बालिका बचाउका लागि अाफ्नो टिम दिनरात लागि पर्नि र कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाउनुको साथै सहयोग कार्यमा जुट्न स्वदेश तथा बिदेशमा रहनुने सहयोगी मनलाई अपिल सम्म गरेको छन् ।

अन्य समाचारहरु