सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता बिनोद घिमिरेले विदेशमा कमाएका नेपालीहरुको लगानि नेपाली बजारमा लगाउने बाताबरण बनाउन सरकाले नसकेको बताउनु भएको छ ।
आफ्नो गृह जिल्ला अर्घाखाँची आउनु भएका घिमिरेलाई नेपाल प्रेस युनियन अर्घाखाँचीले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिमिरेले दलालहरुको फन्दामा परेर युरोप जाने नाउमा कयौ नेपाली ठगिने गरेको बताउदै शेंगेन भिसा बाहेक अन्य भिसामा नेपाली युरोपका लागि जान नहुने बताउनु भयो । उहाले सरकार अहिले पनि गम्भीर नहुँदा बिदेशमा धेरै नेपालीले दु:ख पाउनु परेको बताउदै युरोप जानका लागि नेपालीहरुलाई सहज बनाए नेपालीहरुले युरोपमा ठूलो बजार पाउने बताउनु भयो ।
घिमिरेले नेपालीहरुका समस्यामा आफुहरु दिन रात खटेर काम गरिरहेको बताउनु भयो । नेपाल आएपछि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा बरिस्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला उपसभापति बिमलेन्द निधि युवा नेता गगन थापा लगाएतका नेताहरुसँग भेटघाट गरि युरोपमा बस्ने नेपाली काङ्ग्रेसको संगठनको अबस्थाका बारेमा जानकारी गराई गृह जिल्ला आएका घिमिरेले नेपाली काङ्ग्रेस अब गुट उपगुटमा लाग्न नहुने र पार्टी एक ढिक्का भएर हिडन् आफुहरुले सुझाव दिएको बताउनु भयो ।
घिमिरेले पोर्चुगलमा मात्र ३० हजार नेपालीहरु रहेको बताउदै नेपालमा लगानी गर्ने बाताबरण तथा लगानीको सुरक्षा हुने अबस्था नरहेको आफुहरुले महसुस गरेको बताउनु भयो । घिमिरेले अब आफुहरु एनआरएनको चुनाब नजिकिँदै गएकोले त्यस तर्फ केन्दित रहेको बताउदै बिदेशमा बसेपनि नेपालको बिकास समृद्ध नेपाल बनाउने अभियान सहयोग गर्ने बताउनु भयो ।
घिमिरे अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ साबिक ढिकुरा गाविसका अध्यक्ष तथा नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्ब सभापति स्व. भक्तिराम घिमिरेका जेष्ट सुपुत्र हुन । उनी बिगत १५ बर्ष देखि युरोपमा बसि नेपाली काङ्ग्रेसको राजनीति गर्दै आएका छन ।
महाधिबेसनमा पार्टीले जनसम्पर्क समितिहरुबाट पनि केन्द्रीय सदस्यमा निर्बाचित बनाउने बिधानमा समाबेस गर्न समेत पार्टी नेतृत्वलाई सुझाब दिएको बताउनु भयो ।
कार्यक्रम बिरेन्द के.सीको अध्यक्षता रुद्र मणि भुसालको सन्चालन उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।