अर्घाखाँची डटकम संवाददाता
दिल्ली । आइतबार भारतको राजधानी दिल्ली स्थित नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन तीस हजारी मा सम्पन्न भएको छ । अधिवेशनले सर्वसहमतीमा लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
सो कार्यक्रममा भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदुताबास, बित्तिय संस्था, नेपाल एअरलाईन्सका प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्य समिति चयन गरेको छ ।
उक्त समिति लोकेश शाह ‘आर्यन’ को अध्यक्षता मा सर्वसहमतिय कार्यसमिति मा उपाध्यक्ष देबेन्द्र कुँवर, महासचिव अर्जुन खनाल चुनिएका छन् । त्यस्तै खुल्ला सचिवमा देबेन्द्र केसी, समानुपातिक सचिवमा धनबिर पुन, कोषाध्यक्षमा धन बहादुर बिक र सदस्यहरुमा क्रमश: बाबु रोका ‘मगर’, ईन्द्रकमल जैरु, भेषराज पौडेल, खुम बहादुर गुरुङ्ग र केशवराज पोख्रेल रहेका छन ।