डिआरजी सुमनद्धारा स्वतन्त्र पत्रकार संघ नेपालको साधारण सदस्यता समेत नरहने गरी राजिनामा


दीपक भूसाल
अर्घाखाँची (अर्घाखाँची डटकम) । नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखी क्रियाशील पत्रकार डिल्लीराज घिमिरे उर्फ डिआरजी सुमनले विश्व दुरसंचार दिवसको अवसर पारेर साँगठानिक पत्रकारिता पनि राजनितीकको संगठन जस्तै महसूस भएको भन्दै राजिनामा गरेका छन । 
वैशाख २८ र २९ गते तनहुँको वन्दीपुरमा सम्पन्न आठौ साधारण सभा तथा तेस्रो महाधिवेशनमा खरो रुपमा उत्रिएका सुमनकै कारण आधा घण्टा वैठक समेत स्थगित हुन पुगेको थियो । संघमा संगठन परिचालन सम्बन्धि सिस्टम नभएको कारण संस्थामा कम्यूनिकेशन ग्याप रहेको भन्दै संस्थालाई मर्यादित रुपमा चलाउन पर्नेमा सुमनको जोड़ थियो । नवलपरासी जिल्लालाई प्रतिवेदनमा नसमेटिएको प्रति नवलपरासी पनि आक्रामक रुपमा प्रस्तुत भएको थियो । निवर्तमान महासचिवको संगठन परिचालन सम्बन्धि एकाधिकारले कोषादक्ष्यको अधिकार कुण्ठित भएको विषयले समेत महाधिवेशनमा चर्काचर्कि भएको थियो । 
स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रमा वलियो पकड रहेका प्रभावशाली पत्रकार नेता सुमनले महाधिवेशनमा कुनैपनि पदमा उम्मेद्वारी नदिदा धेरैले दुख व्याक्त गरेका थिए । मुख्यत: डिआरजी सुमनकै कारण संस्थावाट पहिलो कार्य समितिका अध्यक्ष उपादक्ष्य महासचिव कोशादक्ष्य कसैले पनि पुन: उम्मेदवारी दिन चाहेनन् । लामो समय सम्म कम्युनिस्ट राजीनितीमा जोडिएका सुमनको खरोपनकै कारण यस पटक उमेद्वारीमा कमी आएको हुन सक्ने धेरैको संका छ । 
संघलाई सिस्टममा लैजानु पर्नेमा पटक पटक जोड दिएका सुमनले यदि संगठन विधिको शासन वमोजिम सिस्टममा जान नसेकेमा राजिनामा दिने चेतावनी दिदै आएको निकटतम स्रोतको दावी छ । अव तपाईको पत्रकारिता राजनितीतीर जान्छ कि कसो भन्ने जिज्ञासामा उनको धारण यस्तो थियो । साँगठानिक पत्रकारिता भनेको दलकै सिस्टममा चल्ने तर कुनै राजनितीक दलको सदस्यता सार्वजनिक गर्न नचाहाने पत्रकारहरुको संगठन हो । म पनि लामों समयदेखी यस संगठनमा रहेर परिक्षण गरेर हेरे तर यो संघ पनि नाममात्रको स्वतन्त्र रहेको महसूस गर्दै राजिनामा दिएको हुँ तर जव सम्म पत्रकारिता गर्नेछु तव सम्म पद र पहुचको आधारमा पत्रकारिता गर्ने छु सवै दल तथा गैह्र दलका निकट पत्रकारसँग मेरो सम्बन्ध राम्रो छ र सवैलाई सम्मान छ तर म भने अव सांगठनिक पत्रकारिता नगरी नित्यान्त जनता राष्ट्रीयताको हितमा लागी रहने छु मेरो पत्रकारिताले विट मारेको छैन संघ मात्र छाडेको हुँ । 
उनले आज विहान आफ्नो फेसवुकमा स्टाटस राख्दै राजिनामा दिएको घोषणा गरेका छन । उनले लेखेका छन “आज मिती २०७६ जेष्ठ ०३ गते विश्व दुरसंचार दिवसको दिनदेखी साँगठानिक पत्रकारितावाट सन्यास लिदै “ स्वतन्त्र पत्रकार संघ नेपाल” को साधारण सदस्यता समेत नरहने गरी राजिनामा गरेको जानकारी गराउन चाहान्छु ।” 
यस्तो छ उनको राजिनामा पत्र ।
   श्रीमान अध्यक्ष ज्यु
स्वतन्त्र पत्रकार संघ नेपाल
केन्द्रीय कार्यालय पोखरा
 
मिती २०७६ जेष्ठ ०३ गते विहीवार
स्वतन्त्र पत्रकारहरुको छाता संगठन स्वतन्त्र पत्रकार संघ नेपालको आठौ साधारण सभामा विधान संसोधनलाई साधारण सभाले गंभीरता नदिईएको प्रति ध्यानाकर्षण भएको छ । कुनैपनि सिस्टम विनाको संस्थामा रहेर आफुलाई स्वतन्त्र भन्न समेत लाजस्पद हुने महसूस गर्दै आज विश्व दुरसंचार दिवसको दिनदेखी स्वतन्त्र पत्रकार संघ नेपालको साधारण सदस्य समेत नरहने गरी संघको संसोधित विधान २०७६ को परिच्छेद ४ धारा १५ उपनियम (क) वमोजिम आफ्नो सवैखाले पदाधिकार सहित सदस्यता समेत त्याग गरेको छु । अन्तयमा यो संघ आगामी दिनमा मर्यादित तवरले चल्ने गरी अगाडी वढोस शुभ कामना छ । 
     डिल्लीराज घिमिरे
राष्ट्रीय पार्षद (अर्घाखाँची)
स्वतन्त्र पत्रकार संघ नेपाल

अन्य समाचारहरु