कपिलवस्तुको बाणगंगाका मिर्गौला पीडित टिकाराम खनाललाई आर्थिक सहयोगको अपिल

अर्घाखाँचीडट्कम संवाददाता
बाणगंगा ।  कपिलवस्तुको बाणगंगा नगरपालीका वडा नं ६ लक्ष्मणघाट निवासी मिर्गौला पीडित टिकाराम खनालले आर्थिक सहयोगको अपिल गरेका छन् ।
 दुबै मिर्गौला फेल भएर काठमान्डौ स्थित मानब अङ प्रत्यारोपण केन्द्र भक्तपुर मा उपचाररत खनालले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् ।
टिकाराम खनालले बिगत डेड वर्षदेखी मिर्गौला फेल भएर थलिए पछी धेरै आर्थिक खर्च गरेपनी निको नभएपछी आर्थिक अभावमा मिर्गौला ट्रान्सप्लान्ट गर्न नसकेको बताए । थप उपचार र अहिले आएर चिकित्सक हरुको सलाहा अनुसार अनिबारे रुपमा मिर्गौला ट्रान्सप्लान्ट गर्न सुजाब दिए पछी  मिर्गौला ट्रान्सप्लान्टका लागि आर्थिक सहयोग गरिदिन उनले सम्पूर्ण सामाजिक सस्था हरु सङ र नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरेका हुन् ।
साथै अन्य उपचारमा समेत अरु धेरै नै  खर्च लाग्ने दाजु ओम प्रकाश खनालले वताउनु भयो । ३५ वर्षे खनालका एक श्रीमती र एक आठ वर्षे छोरी रहेका छन् । विपन्न परिवारका खनाल आफ्नो जीवनको लामो समय  खाडी मुलुक कत्तारमा र साउदी गई काम गरेको र पुनः साउदी जाने क्रममा मेडिकल चेकजाँच गर्दा दुवै मृगौला फेल भएको उहाँले दुखेसो पोख्दै वताउनु भयो । अहिले उपचारका लागि मानव प्रत्योरोपण केन्द्र भक्तपुरमा रहेको उहाँको भनाई छ । उहाँले आफ्नी श्रीमती  बसन्ती खनालको एक किडनी आफुले प्रत्यारोपण गर्ने भएको हुदा सवै संग आर्थिक सहयोगका लागि अनुरोध सहित अपिल गर्नु भएको हो । 
टिकाराम खनाल लाई सयोग गर्नका लागी सयोग गर्न इछुक ब्यक्तिले टिकाराम खनाल को हिमालय बैंकको खाता नम्बर ०१७ ०१५४४३८००११ मा रकम जम्मा गर्न  सक्नुहुनेछ ।
त्यस्तै सिधा सम्पर्ककको लागि  मोवाइल नम्बर ९८०९८६८२०५ टिकाराम खनाल (पिडित )
ओम प्रकाश खनाल( दाजु) ९८६४६६१६८७ 
 ठकुर प्रसाद भुसाल ( दाजु) ९८०८४०४८४१

अन्य समाचारहरु