मधुसुधन पाण्डे
अर्घाखाँची असार १५ । आज देशै भरी राष्ट्रिय धन दिवस हर्ष उल्लासका साथ मनाईएको छ।यो एउटा राम्रो पक्ष हो कम्तीमा एक दिन भए पनि खेत नजाने मान्छेले हिजो कुचेका छ।आज जसरी नेता देखि अन्य धेरै मानिस धन रोप्न गएका छन।त्यसैगरी अन्य दिनहरुमा पनि यसरी खेतमा गएर काम गर्ने हो भने हाम्रो देशमा पनि कृषिमा आमुल परिवर्तन आउने थियो ।
बढ्दो शहरीकरणले गर्दा पनि खेतीयोग्य जमिनमा घर बनाउने प्रचलन बढी मात्रामा देखिन्छ ।यसले गर्दा कालान्तरमा देशलाई परनिर्भरता तिर धकेली रहेको छ।देश विकास गर्न पहिला देश कृषिमा आत्मनिर्भर हुनु पर्ने देखिन्छ ।त्यस पछि मात्रै अरु पनि धेरै विकास हुने थियो ।
आज राष्ट्रिय धान दिवस व्यापक रूपमा मनाईएको छ।कहिल्यै खेत नकुचेका मानिस पनि खेतमा गएर हिलै भएका फोटोहरु खिचेर सामाजिक संजालमा राखेर भाइरल भएका छन।यो मेरो बिचारमा देखावटी मात्रै भयो। आजको दिनमा जस्तै यदि खेललाई माया गर्ने हो भने कृषिमा कति राम्रो हुने थियो होला।
एक वर्षमा एक दिन खेत जादैमा केही हुने वाला छैन ।बरु वर्ष भरी दु:ख गरेर पनि खान नपुग्ने किसानलाई सोध्नु होला असार १५ के हो भनेर ।असार १५ मात्रै होइन असार १६ , असार १७ हुँदै अर्को वर्षको असार १४ सम्म मनाउनु होला।
अनि बल्ल हाम्रो देशले पनि अन्य देशमा चामल पठाउने थियो ।