अर्घाखाँची समाज अस्ट्रेलियाले तिज विशेष कार्यक्रम गर्ने

हरि कुँवर 
१२ साउन , अर्घाखाँची । अर्घाखाँची समाज अस्ट्रेलिया द्वारा  नेपाली नारीहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरी विशेष कार्यक्रम गर्ने भएको छ ।
अर्घाखाँची जिल्लाबाट अष्ट्रेलिया आइ विभिन्न पेशा व्यवसायमा आवद्ध जिल्लाबासिहरु बीच आपसी सहकार्य गर्दै दुख-सुखमा हात बढाउदै विविध परोपकारी कार्यमा सहभगी हुने उदेश्यका साथ २०७४ मा स्थापित अर्घाखाँची समाज अस्ट्रेलियाले स्थापनाको छोटो समयमा अर्घाखाँचीका विभिन्न ठाउँमा सामाजिक एवम् परोपकारी कार्यहरु गर्दै आइरहेको अवगत छदैछ । 
अस्ट्रेलियामा रहने सम्पुर्ण नेपाली लाई  उपस्थिती को लागी समाज ले अनुरोध गरेको छ । उठेको रकम सामाजिक कार्यमा खर्च गरिने भएको ले सम्पुर्ण लाई हातेमालो गर्न समेत  अर्घाखाँची समाज अस्ट्रेलियाका सयोजक नारायण खनालले बताए  । 
मिति :अगष्ट २५ आइतबार 
समय : ६-१० बजे 
स्थान :Indreni  Function Center ५८८ Princess  Highway   Rockdale  NSW २२१६
Ticket को लागि सम्पर्क व्यक्ति  :
नारायण खनाल :0431312134
मिनराज भुसाल: 0415588981
ज्योति के सी :0423726255
गीता जी  सी :469013966
मधु  खड्का :0437896077 रहेको छ ।