यज्ञराज सुवेदीद्वारा एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा उम्मेदवारी घोषणा

 संवाददाता । 
किम्हे माईग्रेन्ट हाउसका प्रमुख यज्ञराज सुवेदीले गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा पदमा उम्मेदवारी दिने भएका छन । अध्यक्ष पदमा आएको चर्चाको बारेमा सोधिएको जिज्ञासाको उत्तर दिदै सुवेदीले आगामी सेम्टेम्बर २१ र २२ तारिख हुने सातौ अधिवेशनमा उम्मेदवारी दिने बताएका हुन । 
विगत २५ वर्षदेखि कोरियामै बस्दै आएका सुवेदी यहाँका प्रशासनिक निकायहरुमा बलियो पहुँचमा छन् । सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितीका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितीका उपसभापति, ा किम्हे माईग्रेनट सेन्टरका प्रमुख लगायत यहाँ क्रियाशिल १० भन्दा बढी संघ संस्थामा आवद्ध छन् । 
उनले केही दिन भित्रै आफ्ने उम्मेदवारीको वृहत कार्ययोजना सार्वजनिक गर्ने बताएका छन । 
उनको उम्मेदवारीले एनआरएन कोरियाको सरगर्मी अझ बढेको छ । सामाजिक संञ्जालमा उनको उम्मेदवारीको बारेमा विभिन्न टिकाटिम्पणी शुरु भएका छन । उनको उम्मेदवारी सम्बन्धी खवर शेयर गर्नेको संख्या र चर्चा संगै कोरियामा एनआरएन अधिवेशनको माहोल अझै तातेको छ । 
एनसिसी कोरियाका अध्यक्ष अञ्जु केसीले एनआरएनए कोरियालाई कोरियामा रहेका नेपालीहरुको महत्वपुर्ण संस्थाको पहिचाहन स्थापित गर्न सुवेदी नेतृत्वमा आउनुपर्ने बताईन् । 
त्यस्तै सामाजिक अभियान्ता यम श्रेष्ठले संस्थाका उमेद्वारहरु आफ्नो व्यापारीक प्रवर्दन गर्ने उद्देश्य राखेर आउने गरेकाले सुवेदी जस्ता समाजिक व्यक्तित्व आईदिए संस्था थप बलियो हुने बताए ।
दोलखा समाजका अध्यक्ष सरोज केसीले एनआएरएनए कोरियाकालागि सुवेदी आवश्यक भएको बताए ।