संवाददाता
दाङ १५ श्रावण । स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ प्रादेशीक समितिले केन्द्रिय अध्यक्ष के.वी. मशाल माथि भएको ज्यान मार्नै धम्किको कडा सब्दमा निन्दा गरेको छ ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ प्रादेशीक समितिका संयोजक बिष्णुकुमार देवकोटा र सचिव बिन्दु घिमिरे ले एक बिज्ञप्ति जारी गर्दै ज्यान मार्नै धम्कि दिने योगी पब्लिसिटी सर्भिसका प्रोपराईटर नारायण नाथ योगी माथी कडा कानुनी कार्वाहीको माग गर्नुभएको छ ।
देवकोटा घिमिरे द्धारा जारी गरीएको बिज्ञप्तिमा भनिएको छ – योगी पब्लिसिटी दाङका प्रोपराईटर नारायणनाथ योगीले बाटोमा हिडिरहनुभएका मशाल लाई बाटैमा रोकी बिच सडकमा तथानाम गाली गर्दै ज्यान मार्नै धम्कि दिनु मानव अधिकार तथा व्यक्तिको निर्भयता पुर्कव बांच्न पाउने अधिकारको समेत हनन् भएको ले निज नारायण नाथ योगीलाई कानुन बमोजिम सख्त कार्वाही गर्न सम्बन्धित पक्ष संग जोडदार माग गर्दछौं ।
दशकांै लामो निष्ठाको पत्रकारीतामा होमिनु भएका मशाल लाई अनाहकमा ज्यानमार्ने धम्कि दिनु सर्वथा निन्दनीय कार्य हो’ बिज्ञप्तिमा भनिएको छ ।