गुल्मीको चन्द्रकोटमा पिङ खेल्ने डोरी घाँटीमा बेरिदाँ बालिकाको मृत्यु


लक्ष्मण घिमिरे
गुल्मीमा पिङ खेल्ने डोरी घाँटीमा बेरिदाँ एक बालिकाको ज्यान गएको छ । 
गुल्मीको चन्द्रकोट गाउँपालिका २ भिरखानीकी ८ वर्षीय सन्ध्या परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 
घरमै खेल्नका लागि बनाइएको पिङको डोरी घाँटीमा बेरिदाँ परियार घाईते भएकी थिईन । उनको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको गुल्मीका प्रहरी उपरिक्षक एसपी दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।

अन्य समाचारहरु