भारतको लुधियानामा सुपा देउराली टुर एण्ड ट्रैवेल्सले वृहत तीज सांस्कृतिक धमाका २०१९ गर्ने

डिआरजी सुमन
अर्घाखाँची डटकम/व्युरो  सोमवार,२० साउन २०७६ । सुपा देउराली टुर एण्ड ट्रैवेल्सले हरितालिका तीजको अवसरमा भारतको विभिन्न स्थानमा तीजी कार्यक्रम गर्ने भएको छ । 
समय समयमा राष्ट्रीय ख्याति प्राप्त गायक गायिका उपस्थित गराएर सांस्कृतिक कार्यक्रम गर्दै आएको ट्रैवेल्सले यस पटक भने ख्याति प्राप्त वरिष्ठ गायिका शर्मीला गुरुङ, गायक दिपक गरौजा , नन्दु परियार, रिना केसी, चर्चित डान्सर एवं मोडल अनुष्का शर्मा , मोडल तथा डान्सर प्रतिमा थापा सहित स्वतन्त्र पत्रकार तथा अर्घाखाँची डटकम् समाचार संपादक एवं व्युरो प्रमुख डिआरजी सुमन लगायतको उपस्थिति रहने छ । 
हरितालिका तीजको अवसरमा लुधियानामा रहेको मरतनगर चौक स्थित गुरुनानक भवनमा आयोजना गरिएको कार्यक्रम २ सेप्टेम्वर २०१९ का दिन लुधियानामा रमाईलो गर्ने आयोजकले जनाएको छ । 
नेपाल भारत सुविधा सम्पन्न यात्रुवस तथा कार संचालन गरेको सुपा देउराली टुर एण्ड ट्रैवल्स लामो समय देखी सेवारत रहेको छ । हामी सुविधा दिनमा प्रतिवद्द नै छौ हामीहरु कुनैपनि व्यक्ति र कम्पनीसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि सुविधासँग प्रतिस्पर्धा गर्न आनन्द आउछ त्यसैले धेरैको मनमा यो ट्रावल्स लोकप्रिय छ तुल्सीराम पौडेल भन्छन ।
यस्तै केही समय पहिला अर्कों कम्पनी छाडेका ओम प्रकाश परियार आफु लोक कला र संस्कृतिसँगै सर्वसाधारण जनताको समेत मन मुटुमा वसेका कारण आफ्नो प्रतिष्ठा क़ायम नै रहेको वताउछन ।
world news