आन्तरिक राजस्व कार्यालय कृष्णनगर लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल

सुर्य भुसाल 
कृष्णनगर । आन्तरिक राजस्व कार्यालय कृष्णनगरले आर्थिक बर्ष २०७५/२०७६ मा लक्ष्य भन्दा बढि राजस्व सङकलन गर्न सफल भएको छ ।
आर्थिक बर्षमा १ अर्ब ७३ करोड ५६ लाख ५५ हजार रुपैया राजस्व सङकलन गर्न राजस्व कार्यलय सफल भएको अान्तरिक राजस्व कार्यलय कृष्णनगर का प्रमुख  कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
 यो अार्थिक बर्षमा १ अर्ब ५८ करोड ६४ लाख ६ हजार रुपैयाँ लक्ष्य राखिएको मा लक्ष्य भन्दा बढि ४६ करोड ७७ लाख ९७ हजार राजस्व अर्थात ४६ प्रतिसत रकम लक्ष्य भन्दा माथि उठाईऐको प्रमुख न्यौपानेले बताउनु भयो ।अान्तरिक राजस्व कार्यलय कृष्ण नगरले अधिकाम्स व्यापारी साना ठुला ब्यापारि हरुलाई कर को दायरामा ल्याउने तथा अनुगमन लाई तिब्र पार्ने कर छलि हुन नदिने छिटो छरितो सेवा दिने सुसासन लाई महत्त्वपूर्ण पाटो बनाएर सेवा ग्रहि को मर्का बुझ्ने गरेका कारण राजस्व असुलिमा  बृर्दि भएको हो ।
अार्थिक बर्ष २०७५/२०७६ मा अायकरको लक्ष्य ४९ करोड ६६ लाख ७६ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको मा ५५ करोड ३१ लाख ४६ हजार रुपैयाँ राजस्व सकलन गरिएको समेत कार्यलय प्रमुख न्यौपानेले बताउनु भयो ।मूल्य अभिबृर्दि करको लक्ष्य ४४  करोड १६ लाख ४६ हजार राखिएको मा अार्थिक बर्षमा ५१ करोड ७५ लाख ७३ हजार राजस्व सकलन  गर्न कार्यलय सफल भएको भन्दै अहोरात्र जनताको काममा खटिएका कर्मचारी हरुलाई समेत प्रमुख न्यौपानेले धन्यवाद दिनु भयो ।
त्यस्तै अन्तशुल्क मा ६४ करोड ८० लाख ६४ हजार  लक्ष्य राखेको मा ६४ करोड १५ लाख ३ हजार रुपैयाँ राजस्व उठाउन कार्यलय सफल भएको हो ।भने १ करोड ५४ लाख २३ हजार रुपैयाँ विभिन्न शीर्षक हरूवा ट राजस्व सङकलन गरिएको कर अधिकृत गिरेन्द गिरिले जानकारी दिनु भयो ।कर असुलि गर्नका लागि कार्यलयले अनलाइन सिस्टम लाई प्रभाबकारि बनाउनु को साथै सेवाग्राही हरु सग सम्पर्कमा रहने मदिरा बिक्रि बितरण गर्ने पसलहरु लाई भ्याट मा लैजाने करदाता शिक्षा लाई प्रभाबकारि बनाउने गाउँ टोलमा पुगेर सेवा  दिने जस्ता कार्यलाई तिब्रता दिऐपछि बिगतको बर्षको तुलनामा राजस्व सङकलन बढेर गएको हो ।
कार्यलय प्रमुख न्यौपाने त्यस कार्यलयमा हाजिर भए पछि कर असुलि बक्यौता असुलि र कर छलि हुन नदिनका लागि अनुगमन तिब्र पारेपछि कर असुलिमा व्यापक बृर्दि भएको हो ।कृष्ण नगरमा अहिले राजस्व कार्यलय कै भबन बाट नेपाल बैक लिमिटेड ले सेवा दिन सुरु गरेको छ ।
कर बुझाउन अाएका सेवाग्राहीको मर्कालाई ध्यान मा राखि बैक ल्याउन पहल गरिएको र सेवा सुरु गरेपछिसेवाग्राही अत्यान्तै खुसि भएको छिटो छरितो काम भएको अाफुले महसुस गरेको प्रमुख न्यौपाने को भनाई छ ।