पत्रकार तथा अर्घाखाँची वाङ्लाका डायलसन अधिकारीको जीप दुर्घटनामा मृत्यु

( प्रकासित मिती: २०७६ श्रावण ३२, शनिवार)
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा   दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ४ वाङ्लाका  डायलसन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।
मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन्। लामो समय स्थानीय रेडियोको स्टेशन प्रमुख समेत रहेका अधिकारी पछिल्लो समय लगअन अनलाइन मिडिया सञ्चालन गर्दै आएका थिए।
तिलोत्तमा नगरपालिकाबाट आगामी असोज महिनामा गर्न लागिएको लगानी सम्मेलनको प्रचारप्रसारको लागि गएको टोलीसँगै पत्रकार अधिकारी पनि पूर्वी जिल्लामा गएका थिए।
उक्त टोलीमा गएको एउटा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए।
उनका अनुसार जीपमा सवार अन्य तीन जना घाइते रहेका छन्। घाइते हुनेमा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा वडा नं. १ का अध्यक्ष तामानाथ पाण्डे र जीप चालक रहेको र उनीहरूको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचारहरु