दिल्लीमा नेपाल चिनाऔं अभियानमा नेपाली देशभक्त आवाज (भिडियो, तस्बिर सहित)
भाद्र १ गते, २०७६ मा प्रकाशित
अर्घाखाँची डट्कम दिल्ली संवाददाता
दिल्ली । नेपाली देशभक्त आवाजको पहिचान प्रवासमा नेपाल चिनाऔं नेपालमा पर्यटक भित्राऔं अभियान मुल नारा सहित भारतमा आजसम्म कै पहिलो पाइला नेपाली देशभक्त आवाजले चालेको छ । 2020 सम्म नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु नेपाल भित्र्याउन को निम्ति र प्रवासमा नेपाल चिनाउने काम गरिएको जानकारी नेपाली देशभक्त आवाजका प्रतिनिधिहरु ले बताएक छन।
नेपाली देशभक्त आवाजको छोटो परिचय ।
नेपाली देशभक्त आवाज जिम्मेदार राष्ट्र प्रेमीहरुको आवाज हो यस्को स्थापना २०७३ मा भएको हो भने संस्थाका संस्थापक बाबु रोका मगर हुन र उनलाई साथ र सहयोग गर्ने उनको आफ्नै विषेश टिम रहेको छ । नेपाली देशभक्त आवाज बिशेष गरि नेपाल र नेपालीहरुको हितका निम्ति सकारात्मक सोच र बिकासको साथ-साथै नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा बिदेशी भूमिमा रहेका नेपाली सच्चा जिम्मेदार राष्ट्र प्रेमीहरु बिच प्रारम्भिक भेला र छलफल गरि परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।
विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएको छ। नेपालको आर्थिक, सांस्कृतिक,सामाजिक, प्राकृतिक,स्वास्थ्य,शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवालालाई सचेत गराउने तथा नेपाललाई आन्तरिक तथा बाह्य हस्तक्षेप बाट मुक्त गर्दै विश्वमा एक सफल राष्ट्रको रुपमा चिनाउने उद्देश्य बोकेर प्रवासमा निरन्तर खटिरहेको संख्यामा सानो तर ठूलो बिचार लिएको संस्था हो
भारत प्रवासमा मात्रै नभएर विभिन्न देशमा अलपत्र परेका र नेपालबाट अन्य देशमा महिला बेचबिखन विरुद्ध आवाज उठाउदै कयौ महिलाहरुको उद्दार गरि सकेको यस संस्थाले अबको समय पुरै देशको लागि दिने छ 16 अगस्त राजधानी दिल्ली स्थित इन्डियागेट परिसरमा हरि रोका मगरको अध्यक्षता मा हुमलाल भुसाल, सानु मगर, भस बहादुर बिक, अरुणा ढकाल र बाबु रोका मगरको उपस्तिथिमा इन्डियागेटमा घुम्न आएक विभिन्न देशक नागरिक हरुलाइ नेपाल चिनाउने र नेपाल भ्रमण गर्नको लागि अनुरोध गर्दै प्रचारप्रसार मा जुटेका थिए ।
यो कार्यको लागि नेपाली राजदुतावास का काउन्सलर होम लुइटेल र तिर्थ प्रकाश पौडेल ज्यु बाट नेपालको पर्यटन स्थलका केही आकर्षक तस्बिरहरु, पोष्टकार्ड, ब्राउसर र झोला सहयोग गरिएको संस्थापक बाबु रोका मगरले बताएका छन साथै यो कार्यको लागि सम्पुर्ण नेपालीहरु ले साथ र सहयोग गर्नुपर्ने अनुरोध पनि गरेका छन ।