पाल्पाको तानसेनमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।
तानसेन नगरपालिका-१२, पोखराथोकका २१ वर्षीय हेमबहादुर रानाको हिंजो अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।
उपचारको क्रममा युनाइटेड मिशन अस्पतालमा उनको ज्यान गएको हो । पाल्पाका अन्लाईनबाट