ख्याति प्राप्त गायिका शर्मीला गुरुंग सहितको कलाकार टोलीले लुधियानाको गुरु नानक भवन रमणीय वनायो (तस्बिर सहित)

२०७६ भाद्र १७, मंगलवार)

डिआरजी सुमन 
लुधियाना , अर्घाखाँची डटकम् । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा भारतको पंजाव राज्य स्थित लुधियानामा  सुपा देउराली टुर एण्ड ट्रैवेल्स प्रालिले आयोजना गरेको तीज कार्यक्रममा चर्चित कलाकार शर्मीला गुरुंग, दिपक गरौजा, नन्दु परियार,अनुष्का शर्मा, प्रतिमा थापा,रिभा केसी सहितको टोलीले माहौल तपाएको थियो ।
आधुनिक सुविधा सम्पन्न एसी हलमा आयोजना गरिएको कार्यक्रमले अपेक्षा भन्दा धेरै फाईदा गराएको अध्यक्ष तुल्सी पौडेलले अर्घाखाँची डटकमलाई जानकारी मात्र गराएनन् धेरै हर्षित समेत देखिएका थिए । 
नेपालकै राष्ट्रीय ख्याति प्राप्त कलाकार सँगै स्थानीय प्रतिभाको समेत प्रस्तुति रहेको थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्