प्रकाश कुवर
गुल्मी (अर्घाखाँचीडट्कम) । गुल्मी जिल्लामा एक किशोरीको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको छ ।
गुल्मी धुर्कोट जैसीथोक निवासी कक्षा १२ मा अध्ययनरत १८ बर्षिया बिनिता कुँवर गत भाद्र १२ गते अरिङ्गालको टोकाइका कारण निकै गम्भीर अबस्थामा पुगि उपचारको लागि जैसिथोकबाट तम्घास जिल्ला अस्पताल, पाल्पा प्रवास मेडिकल कलेज हुदै गौतम बुद्ध सामुदायिक अस्पतालमा ल्याइएको थियो ।
निकै प्रयास गर्दा पनि दुर्भाग्यपूर्ण हिजो भाद्र २८ गते साझ उपचार कै क्रममा उहाँको निधन भएको थियो । आज मगरघाट बुटवलमा अन्तिम दाहसंस्कार सम्पन्न भैसकेको छ ।