पशुपति श्रेष्ठ
पञ्जाव भारत(अर्घाखाँची डट्कम) नेपाल भारत बस व्यवसाय महासमिती पञ्जावले भारतबाट नेपालका विभिन्न ठाउँका लागि जाने यात्रुहरूलाई भाडादर तय गरेको छ । महासमितिका अध्यक्ष ओमप्रकाश परियारको अध्यक्षतामा बसेको बैठकले सर्वसमितिमा भाडादर तय गरेको हो ।
रोजगारी,व्यवसाय तथा अध्यनको सिलसिलामा भारतको पञ्जाव शहरमा रहदै आएका नेपालीहरुलाई सुविधा सम्पन्न गाडिहरुमा सहज र सुरक्षीत यात्रा गराईरहेका नेपाल भारत बस व्यवसायीहरुले चाडपर्व नजिकिए संगै महासमितिमा जोडिएका कुनै पनि ट्राभल्सले आफ्नै मनमर्जीले भाडा लिदा यात्रुहरु ठगीने हुदा त्यसबाट जोगाउनका लागि भाडा रकम तय गरिएको अध्यक्ष परीयारले बताउनु भयो ।
नयाँ भाडा दरमा एक जनाले आफ्नो ह्याड ब्याग र ३० किलो सम्मको लगेज निशुल्क संगै, जालन्धरबाट बुटवलको १७ सय र कृष्णनगर सम्मको १६ सय प्युठानका लागि १८ सय कोहलपुरका लागि १४ सय भालुवाङ्गको लागि १६ सय कायम गरिएको छ । त्यस्तै करनालबाट बुटवल १५ सय कृष्णनगरका लागि १४ सय भारु रहेको छ ।
हाल पञ्जावमा न्यु सागर एण्ड सगरमाथा,लुम्बिनी हिमालय,सुपा देउराली,स्वर्गद्वारी ,न्यु सुपादेउराली र डायमन्ड गरि ६ वटा ट्राभल्सहरुले यात्रुहरुलाई नेपाल भारत आवतजावतमा सेवा दिईरहेका छन ।