सिजस्वर्ग टोल बिकास सस्थाका अध्यक्ष श्रीमती मनिशा पुन र सस्थाका सल्लाहकार शेर बहादुर डागीले क्यान्सर हस्पिटल चितवन पुगी पीडितलाई रकम हस्तान्तरण

  डिआरजी सुमन
अर्घाखाँची डटकम  । रोल्पा परिवर्तन गाउपालीका वडा नम्बर ५ राङकोट लामिडाडा निवासी अर्जुन कुमार बुढा हाल घोराही उपमहानगर पालिका घोराही १३ सिज स्वर्ग टोल निबासी एतिखेर चितवनको क्यान्सर हस्पिटलमा उपचार गरिरहेका छन । 
यसरी प्रत्यक्ष रुपमा पीडितलाई भेटेर सहयोग रक़म हस्तान्तरण गर्न पाउदा खुसी छु अभियान्ता तथा समाजसेवी मनीषा पुनले अर्घाखाँची डटकम सँगको कुराकानीमा वताउनु भयो । तपाईं हाम्रो सानो सहयोगले अर्जुन बुढालाई केही राहत मिल्न सकिन्छ भन्ने सोचको साथ उहाको लागी घोराही उपमहा नगरपालिका घोराही १३, सिज स्वर्ग टोल बिकास सस्था परिवारले क्यान्सर पीडित अर्जुन कुमार बुढालाई उपचारको लागि आर्थिक सहयोग स्वरुप जम्मा गरेको रु.१८,८५५ अठार हजार आठसय पच्पन्न रुपैया आज स्थित चितवन क्यान्सर हस्पिटलमा पुगी पीडितलाई हस्तान्तरण गरिएको छ ।
पिएसएम नेपालका भ्वाईस व्युरो , नेपाली समाज चिलीका संस्थापक सचिव तथा विभिन्न सस्थामा आबद्ध भई सामाजिक काम गरी रहनु भएका समाजसेबी व्याक्तित्व अमर पुनले १५०००/- सहयोग गर्नुभएको छ ।उहाँले पठाएको रकम स्वयम् उहाकै श्रीमती तथा सिजस्वर्ग टोल बिकास सस्थाका अध्यक्ष समाजसेबी मनीषा पुनले चितवन क्यान्सर हस्पिटलमा पुगी पिडितलाई रकम हस्तान्तरण गर्नुभएको छ । 
सिजस्वर्ग टोल बिकास र अमर पुन गरेको सहयोग रकम जम्मागरी नेपाली रुपैया ३३,८२५/-  सिजस्वर्ग टोल बिकास सस्थाका अध्यक्ष श्रीमती मनिशा पुन र सस्थाका सल्लाहकार शेर बहादुर डागीले क्यान्सर हस्पिटल चितवन पुगी पीडितलाई रकम हस्तान्तरण गरेका छन ।
क्यान्सर पीडित अर्जुन कुमार बुढाको लागि देस बिदेशमा रहनुहुनेसम्पूर्णआमाबुवा,दाजुभाई ,दिदिबहिनी,साथीभाई,इस्तमित्र र सम्पूर्ण शुभेच्छुकहरुमा सहयोगको अपिल गर्दछौ सकेको सहयोग सेयर गरि थप सहयोगी मन मुटुसम्म पुर्‍यैदिनुहुन विनम्र अनुरोध पनि गर्दछौ अर्जुन कुमार बुढा क्यान्सर बचाउ अभियान सिज स्वर्ग टोल बिकास सस्था परिवार घोराही उपमहानगर १३ दाङले सार्वजनिक अपील पनि गरेको छ । यसवारे थप जानकारी र सहयोगको लागी संस्थाले मनिशा पुन:अध्यक्ष फोन नं ९८५७८५८४५०,शेर बहादुर डागी ९७४७८९५७७२ र कैलास घर्ती मगर ९८२२९१३०७४ उपलव्ध गराएको छ ।

अन्य समाचारहरु