सुभाष ज्ञवाली
असोज २७, काठमाडौं । आर्थिक अभावको कारण जनवादी गायक जीवन शर्माका छोराको उपचारमा समस्या आएको छ ।
दशै को खुसियाली सङ्गै माछा मासु खाएर रमाउने क्रममा खाने नलीमा समस्या आए पछि सबैका प्रिय जनबादी गायक जीवन शर्माका माहिला छोरा अमृत आचार्य अहिले पनि जीवन र मरण को दोधारमा रहेका छन ।
सुरुमा त डाक्टरले बचाउन नसकिने जस्तो बताए पनि सबैजना को अथक प्रयास पछि अहिले केही आशा पलाएको छ ।एकतहको अप्रेसन सकिए पनि अझै बढी गम्भीर अप्रेसन बाकी भएको परिबारले जनाएको छ । यस्तो अबस्थामा सबैजना मिलेर सहयोग गरे आफ्नो छोरा बचाउन सक्ने जीवन शर्मा बताउछन् ।
काठमाडौं को टिचिङ्ग अस्पतालमा भर्ना भएका अमृत लाई डा. रन्जन सापकोटा नेतृत्वको टिमले लगातार ९ घण्टा सम्म मेजर अप्रेसन गरेर तत्कालको लागी खतरामुक्त गरेको छ तर उहाँको अर्को ठुलो अपरेसन गर्नुपर्ने आवश्यकता रहेको डाक्टरले बताएका छन् । उपचार समय र खर्च पनि धेरै लाग्ने अवस्था रहेको छ । ईच्छुक महानुभाव र सहयोगी मनहरुलाई सहयोग समेत गरिदिन हुन हार्दिक अनुरोध गर्दै उहाँको सिघ्र स्वास्थ्य लाभको कामना सबैजना मिलेर गर्नु पर्ने स्थानीयले बताए ।
कोहि कसैले सहयोग गर्न चाहेमा आफुलाइ सहयोग गर्न सकिने गायक शर्मा बतौछन आफू सधै भरी जनताको लागि गीत गाउदै हिड्ने व्यक्ती भएको कारण सबैजना बाट सहयोग प्राप्त हुने कुरामा आशावादी छन जीवन शर्मा ।
थप सम्पर्कको लागि दाजु अर्जुन आचार्य को ९८५११४५५२३ मा सम्पर्क गर्ने सकिने बताएका छन ।