विनोद गैरे–रुपन्देही, वेलवास
जनता ट्रेड लिङ्क एण्ड कन्स्ट्रक्सन प्रा.लिको समुद्घाटन तथा विविध सांस्कृतिक कार्यक्रम आज प्रा.लि.को प्रांगड बुटवल उप–महानगरपालिका वडा नं. १३ रुपन्देही, वेलवासमा सम्पन्न भएको छ । बुटवल उप–महानगरपालिकाका प्रमुख सिवराज सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थित र मर्यादित रुपमा यति ठुलो लगानीमा सम्पूर्ण निर्माण सामाग्रीहरु एउटै छानामुनीवाट आम सर्बसाधारण जनताको घरघरमा उपलव्ध गराउने गहन जिम्मवारी लिएकोमा प्रा.लिको व्यवसायीक सफताको सुभकामना दिदै देशको समग्र विकासको मेरुडण्ड उद्योग तथा व्यापार भएकोले उद्योग तथा व्यापार प्रवद्धनमा महानगरपालिकाले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बुटवल उप–महानगरपालिका वडा नं.१६का वडा अध्यक्ष तथा बुटवल उप–महानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मी, बुटवल उप–महानगरपालिका वडा नं. १३का जन प्रतिनिधि खुमलाल पौडेल, वेद प्रसाद गैरे,रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ लगायतले मन्त्व्य राख्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रा.लिमा हार्डवयेरका सम्पूर्ण सामानहरु, एशियन पेन्ट तथा औजारहरु, टायल मार्वल तथा ग्रेनाईट, विजुलीका सम्पूर्ण सामानहरु, फर्निचर तथा फर्निसिङ्गका सम्पूर्ण आईटमहरु, इन्टिरिययल डेकोरेसन, सेनेटरी तथा धारा लगायत सम्पूर्ण निर्माण संग सम्वन्धित सामाग्रीहरुको थोक तथा खुद्रा विक्रि वितरण गरिने संचालक समितिका सदस्य गोपाल प्रसाद गैरेले जानाकारी दिनुभएको थियो । गैरेका अनुसार प्रा.लि. १२ करोडको लगानीमा संचालनमा ल्याएको र ७ जना संचालक समिति साथै २३ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रम जनता ट्रेड लिङ्क एण्ड कन्स्ट्रक्सन प्रा.लिका अध्यक्ष छविन्द्र भट्टराईको अध्यक्षता, सदस्य गोपाल प्रसाद गैरेको स्वागत मन्तव्य र सचिव राजु पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो सत्र उद्घाटन तथा शुभकामना समापन पश्चात कार्यक्रम पूर्ण रुपमा सास्कृतिक मनोरञ्जनमा परिणत भएको थियो सास्कृतिक कार्यक्रमा राष्ट्रिय बहुचर्तित राष्ट्रिय कलाकार विष्णु पाण्डे (माईलावा) प्रचन्ड जिसी, रितु थापा, राज के.सी, लगायतले कार्यक्रममा उपस्थित हजारौं दर्सकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।