रामप्रसाद पराजुली
कतार कार्तिक २४ । जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ संस्था बाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले पनि आर्थिक सहयोग गरेको छ ।
जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्य हरु बाट रकम संकलन गरि नेपाली रुपिया १५६,१८६ (एक लाख छपन्न हजार एक सय छेयासी रुपैया) जीवन शर्माका जेठा छोरा अर्जुन आचार्यको नाममा पठाएको समाजका अध्यक्ष हेमन्त वाइवाले बताए । देश तथा बिदेशमा बिभिन्न पिडितहरुलाइ सहयोग गर्दै आएको एकता समाजले जनताको पक्षमा गीत गाउदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको वाइबाले बताए ।
‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध
होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको
चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास’
दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका थिए । अन्ननलीमा हड्डी अड्कीएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको थियो जनगायक शर्मालाई आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न देशमा रहेका एकता समाज,कलाकार सामाजिक अभियन्ता लगायतले सहयोग रकम संकलन गरिरहेका छन ।