सागर रिजाल
प्यूठानमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति झिमरूक गाउँपालिका ३ सिम्लेनीमा बसको ठक्करबाट सोही ठाउँका ६० वर्षीय खिम बहादुर महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
सडकमा हिडिरहेका महतलाई लु १ ख ७३९२ नम्बरको बसले ठक्कर दिएको थियो ।
महतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान लगिने तयारी भइरहेको जिसीले बताए ।
बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।