बुटवलमा लालटिन कृषि सहकारी संस्था लिमिटेडको सातौं रक्तदान कार्यक्रम सम्पन्न

टेकराज भुसाल (टेकु) 
बुटवल । कृषिमा उज्यालो ल्याउने उद्देश्यले बुटवलमा २०७२ साल साउनमा स्थापना गरिएको लालटिन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सातौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक सेवामा टेवा पुर्याउने र रुपन्देहीमा रगतको कमी हुन नदिने मुल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिनुभएको छ ।
सातौं रक्तदान कार्यक्रम सम्म ३५० जना भन्दा बढिले रक्तदान कार्यक्रममा सहभागी भएका छन् र अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने संयोजक यज्ञप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिस्ठ प्राविधिक राधा शर्मा र संयोजम यज्ञप्रसाद उपाध्यायको विशेष उपस्थितमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु