बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिद्यालय उदाहरणीय बन्दै

-टेकराज भुसाल (टेकु)
 बुटवल – २०१८ सालमा बुटवलमा स्थापना भएकाे कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएकाे छ। 
राष्ट्रिय स्तरमा धाेदा तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड (2016-2019) प्राप्त गर्न सफल बिद्यालयले सामुदायिक विद्यालयको एकल प्रयासमा बुटवलमा पहिलोपटक अन्तर मावि कालिका रनिङ शिल्ड प्रतियोगिता आयाेजना गरेकाे छ।उक्त बिद्यालयले आगामी पुस २ गतेदेखि ७ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता आयाेजना गर्न लागेकाे हाे।
प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ भलिबल, कबड्डी र  एथलेटिक्सका १४ वटा इभेन्ट्समा १४ वटा स्वर्ण, १४ रजत र १४ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् ।
विद्यालयका खेल संयोजक हरिबहादुर ओलीका अनुसार प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका सामुदायिक र निजी गरी ४० विद्यालयका १२ सय खेलाडीले भाग लिने छन् । एथलेटिक्स ट्रयाकतर्फ छात्राको ८ सय, १५ सय र ५ हजार मिटर  तथा छात्रको ८ सय,१५ सय र ३ हजार मिटरको दौड र एथलेटिक्सकै फिल्डतर्फ सर्टपुट र लङजम्प प्रतियोगिता पनि हुने खेल संयोजक ओलीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने विद्यालयले २० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक इभेन्टमा बेस्ट प्लेयर पुरस्कार समेत रहने छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने र भविष्यका खेलाडी उत्पादन हुने आधार थलो विद्यालय भएकाले यस वर्षदेखि अन्तर मावि रनिङ शिल्ड आयोजना गरिएको  विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । पाठकका अनुसार एउटा विद्यालयको पहलमा उपमहानगरपालिका स्तरीय रनिङ शिल्ड आयोजना गर्ने विद्यालय कालिका मानव ज्ञान माध्यमिक बिद्यालय पहिलो हो र हामीले बिद्यार्थी बिद्यालय प्रबेश गरिसकेपछि के पढ्याे भन्ने मात्र नभई बिद्यार्थीले के सिक्याे भन्ने कुरा पनि विशेष ध्यान दिनुपर्ने पाठकले बताउनु भयाे।

अन्य समाचारहरु