इलाम, माङ्सेबुङ्ग गाउँपालिका वडा न. ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बि.सि.जि. खोप लगाउन ढिलो भएकाे भन्दै एकै पटक बि.सि.जि. खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।
एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।
आकस्मिक घटना घटेको र यस घटना को सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहिवार उक्त बिषयमा छलफल गरि घटनालाई टुंगो मा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बुले बताउनु भएकाे छ।
स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन।