बुटवलको कालिका मानवज्ञान माबिमा स्तरीय कालिका रनिङ शिल्ड सम्पन्न

– टेकराज भुसाल (टेकु) 

बुटवल – कालिका मानवज्ञान मा•बि बुटवलको ५९आै वार्षिकोत्सब तथा अभिभावक दिवस २०७६ काे अवसरमा आयाेजना गरेकाे प्रथम नगर स्तरीय कालिका रनिङ शिल्ड उद्घाटन गर्दै प्रदेश नं•५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल ले BLL, BAC, MCLजस्ता बिषयहरु अध्ययन गर्नकाे लागि बिद्यार्थीहरु प्रदेश बाट बाहिर जान नपर्ने  प्रदेशकाे शैक्षिक अवस्थालाई शैक्षिक गुणस्तर लाई अगाडि बढाउनका लागि प्रदेशमा रहेका बिद्यालयहरुले गरेका काेसिश लाई प्रदेश सरकारले सहयाेग गर्ने बताउदै मन्त्री बरालले स्थानीय सरकारहरुकाे समन्वयमा गाउँ तथा नगर स्तरका खेलकुद मैदान, खेलकुद भाैतिक पूर्वाधारहरु निर्माण गर्ने प्रक्रियामा अगाडि बढाएकाे पनि बताउनु भयाे।
 नगर खेलकुद बिकास समितिका बुटवलका संमयाेजक नन्दु काउचाले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रका लागि विभिन्न याेजना अगाडि सारेकाे बताउनु भयाे। कार्यक्रममा खेलकुद बिकास समितिका प्रेम बहादुर बस्नेत, बिद्यालयमा प्राचार्य घनेस्याम पाठक लगायतले बाेल्नु भएकाे थियाे।
प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ भलिबल, कबड्डी र एथलेटिक्सका १४ वटा इभेन्ट्समा १४ वटा स्वर्ण, १४ रजत र १४ वटा कास्य पदकका लागि प्रतिस्पर्धा भैरहेकाे छ।  प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने विद्यालयले २० हजार रुपैयाँ पाउनेछन् ।
बिद्यालयले ७ गते ५९ अाै वार्षिकोत्सब तथा अभिभावक दिवस २०७६ काे मुल समारोह गर्ने र मुल समारोहलाई प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पाेख्रेलले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।

अन्य समाचारहरु