प्राइमलाइफ कार्यालय बिस्तारमा आक्रामक, वुटवलमा एकैदिन ३ सम्पर्क कार्यालय शुभारम्भ

(प्रकासित मिती: २०७६ पौष १०, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 
वुटवल ।  प्राइमलाइफ इन्स्योरेन्स क. लि. ले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकैदिन ३ सम्पर्क कार्यालय शुभारम्भ गरी ब्यबसाय सञ्चालन र बिस्तार गरेको छ । सम्पुर्ण नेपाली नागरीकलाइ जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनिले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईद्धारा सम्पन्न भयो । 
उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनिको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पु¥याउने उद्देश्यले नया“ सम्पर्क कार्यालयहरु स्थापना गरीएको बताउनुभयो । सोही क्रममा बोल्दै भट्टराईले हरेक नागरीकले जीवन बीमा प्रति सकाराŒमक धारणा बनाउनु पर्नेमा जोड दि“दै समग्रमा हेर्दा कम्पनिको हालको अबस्था, लगानी, प्रतिफल, चुŒाmा पु“जी, जीवन बीमा कोष लगायतका हरेक सुचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितब्ययी ढंगले अगाडी बढेको जानकारी गराउनु भयो । 
कम्पनिले बजारमा ल्यायका बिभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत बर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको प्रस्ट्याउनु भयो । उक्त कार्यक्रम कम्पनिका पश्चिम क्षेत्र बजार बिभाग र अभिकर्ता सेवा बिभाग प्रमुख नविन थापा र सम्बन्धित स्थानिय निकायका प्रमुख जनप्रतिनिधिहरु, बिशिष्ट ब्यक्तीŒवहरुले पनि जीवन बीमा प्रतिको आफ्नो धारणा राख्नु भएको थियो । 
कम्पनिका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनिका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो । उक्त कार्यक्रममा कम्पनिका कर्मचारीहरु, अभिकर्ताहरु, बिमितहरु, बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरु र पत्रकार बन्धुहरुको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु