टेकराज भुसाल (टेकु)
बुटवल । होटल तथा रेस्टुरेन्ट व्यावसायी संघ रुपन्देहीले आयोजना गरेको दाेस्राे बुटवल सडक खाना महाेसत्सव सम्पन्न भएकाे छ।
हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पुस १४ गते दखि आयाेजना गरेकाे दाेस्राे बुटवल सडक खाना महाेसत्व पुस १६ गते सम्पन्न भएकाे छ।
अतिथि देवो भवः, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ बुटवलको कालिका पथमा ३ दिनसम्म अायाेजना गरिएको महाेसत्वमा करिब २ लाख ६० हजार दर्शकले अवलाेकन गरेकाे र छ कराेड भन्दा बढिकाे काराेवार भएकाे हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले जानकारी दिएकाे छ।
नेपाल सरकारले अायाेजना गरेकाे भिजिट नेपाल २०२०तथा प्रदेश सरकारले अायाेजन गरेकाे लुम्बिनी भ्रमण बर्ष २०७६ को प्रबर्द्धन गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको संघका अध्यक्ष समुन्द्र जीसीले बताए ।
सडक खाना महोत्सवमा १३० स्टलहरु राखिएको थियाे साे स्टलहरुमा इन्डियन, चाइनिज, जापानिज, इटालियन, थाई खाना लगायत विभिन्न प्रकारका परिकार राखिएको थियोे, महोत्सवमा खानाका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती पनि रहेको थियो ।