डिआरजी सुमन
अर्घाखाँची डटकम (व्युरो रिपोर्ट) । विगत लामो समय देखी नेपाली भारत स्तरिय वस तथा कार सेवा मार्फ़त ट्रैवल्स संचालन गर्दै आएको सुपा देउराली टुर एण्ड ट्रैवल्सले यस पालि पनि नयावर्ष २०२० लक्षित सांस्कृतिक कार्यक्रम गर्ने वताएको छ ।
सुपा देउराली टुर एण्ड टैवल्सको मुख्य आयोजना तथा न्यु सुपा माँ टुर्स एण्ड टैवल्स र लुम्बिनी हिमालय टुर्स एण्ड ट्रावल्सको सह आयोजनामा यहि जनवरी २४ तारीख़ को दिन भारतको पंजाव राज्य अन्तर्गत जालन्धरमा आयोजनामा नयाँवर्ष सास्कृतिक धमाका – २०२० हुने भएको सुपा देउराली टुर एण्ड ट्रैवल्स पंजाव राज्य एमडी (प्रवन्ध निर्देशक) ओम परियार ले अर्घाखाँची डटकम लाई जानकारी गराउनु भएको छ ।
जालन्धर स्थित देश भवन मेमोरियल हलमा जनवरी २४ तारीख़ विहान १० वजे देखी कार्यक्रम हुने आयोजकले जनाएको छ । हामी व्यापक तयारीमा जुटेका छौ कार्यक्रम सभ्य र भव्य रुपमा हुनेमा कुनै संका छैन सुपा देउराली कै पंजाव राज्य समितीका फिल्ड ईन्चार्ज ऋषि कुँवरले पत्रकार डिआरजी सुमनसँग वताउनु भयो ।
ख़र्च व्यावस्थापन कसरी गर्नु भएको छ त भन्ने जिज्ञासामा समितीका कोषादक्ष्य नारायण यसो भन्नु हुन्छ कुँवर यस पटकको कार्यक्रममा टिकट सिस्टम पनि व्यवस्थित गरिएको छ ।
चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार,चर्चित लोक दोहोरी गायक दिपक गरौजा , मोडल तथा डान्सर विमल अधिकारी , लोक पप गायिका सरस्वती लामा , हास्य कलाकार पुर्खे वा, सुनितामी परियार, दिपक परियार, लोक दोहोरी गायक जिवन परियार, मोडल तथा डान्सर विष्णु कार्कि भारतको पंजाव जाने कार्यक्रम छ ।
तपाई जालन्धरमा हुनु हुन्छ जालन्धरमा यस पटकको सांस्कृतिक कस्तो वनाउने योजना छ ? भन्ने पत्रकारको जिज्ञासामा हाम्रो ट्रैवल्सले विगतका दिनहरुमा पनि सांस्कृतिक कार्यक्रम गर्दै आएको छ तर यस पटक झनै यसलाई व्यावस्थित गराउने तयारी छौ जालन्धर स्थित सुपा देउराली टुर एण्ड ट्रैवल्सका पंजाव राज्य समिती उपादक्ष्य चिरन्जीवी गैरेले वताउनु भयो ।