कपिलवस्तु रुपन्देही सामाजिक संस्था कर्साे नेपालद्वारा ३३ युनिट रगत संकलन

टेकराज भुसाल (टेकु) बुटवल 
पुस २७ बुटवल ! पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७६ काे अवसर पारेर कपिलवस्तु रुपन्देही सामाजिक संस्था नेपाल (कर्साे)ले रक्तदान कार्यक्रम बुटवलकाे बेलवासमा सम्पन्न गरेकाे छ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का अध्यक्ष नारायण पुनकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे। संस्थाका अध्यक्ष खिमानन्द पाैडेल विशेष आतिथ्यता तथा रिता भट्टराईकाे संयाेजनमा रक्तदान कार्यक्रम आयाेजना गरिएको हाे।
रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएकाे छ भने संस्थाले बिगत २०७२ सालदेखि नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेकाे र अगामी दिन पनि संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्था का सदस्य ज्ञानप्रसाद खनालले जानकारी दिनुभएकाे छ।

अन्य समाचारहरु