प्रदीप सुर्यबंशी
अर्घाखाँची डट्कम माघ १० नवलपरासी । दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाएका छन । मंगलबार जिल्ला अदालत झापाले पत्रिकाका सम्पादक टंक सुनार र निर्देशक विमल भट्टराइलाई सफाई दिएको हो ।
गत बैसाख ९ गते झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले लिखि गाली वैजती गरेको भन्दै ३ बर्ष कैद र ७० हजार रुपैया विगो माग दाबी सहित जिल्ला अदालत झापामा मुद्धा दायर गरेका थिए ।
२०७५ चैत्र ११ गते दर्पण टिभि डट कम मा प्रकाशित बलात्कारको मुद्धा मिलाउँछु भन्दै गाउँपालिका प्रमुख फरार शीर्षकको समाचारको बिषयलाई लिएर नाम मिल्दो जुल्दो भएको आधारमा गाउँपालिका अध्यक्षले लिङ्देनले मुद्धा दायर गरेका थिए । जिल्ला अदालत झापाले माघ ७ गते मंगलबार मुद्धा खारेज गरीदिएको हो । मुद्धा लड्नका लागि फ्रिडम फोरम नेपालले सहयोग गरेको थियो ।
भट्टराई टाईम्स खबरको प्रदेश प्रमुख, स्वतन्त्र पत्रकार संघ ५ नम्बर प्रदेश कोषाध्यक्ष, खबर24नेपाल डटकमका नवलपरासी समाचारदाता र विभिन्न अनलाईन ,रेडियो,टिभिहरुको जिल्ला सम्वादाता पनि हुनुहुन्छ।