सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अटल पावर ओपिसी सिमेन्टले आफ्नो उत्पादन बजारमा ल्याएको छ ।
कपिलवस्तुको चनौटामा फ्याक्ट्रि स्थापना गरि अटल सिमेन्टले आफ्नो उत्पादन बजारमा ल्याएको सिमेन्ट कम्पनीका मार्केटिङ डाईरेक्टर तथा सफल युवा ब्यबसायी माबुल खानले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
अटल सिमेन्टले आफ्ना उत्पादनहरु माबिया सिमेन्ट बङगल सिमेन्ट एकता सिमेन्ट लेकबेसी सिमेन्टका ओपिसि र पिपिसि गुणस्तरीय सिमेन्ट बजारमा ल्याएको अटल सिमेन्टका डाईरेक्टर जम्सेर मियाले जानकारी दिनु भयो ।
नेपाल अधिराज्य भर बिक्रि बितरण सुरु भएको सिमेन्ट निकै गुणस्तरीय तथा भरपर्दो रहेको छ । भारतबाट कच्चापदार्थ लिएर चनौटामा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन सुरु गरिएको मार्केटिङ डाईरेक्टर माबुल खानले दावी गर्नु भयो ।
उत्पादन सुरु भएको केहि महिनामा नै सिमेन्टले बजार मार्केट राम्रो पाएको छ । अर्घाखाँची सन्धिखर्कका स्थायी बासिन्दा जम्सेर मियाँ र माबुल खान परिबारले सिमेन्ट उत्पादन गरि बजारमा बिक्री वितरण शुरु गरेपछि अर्घाखाँचीबासीहरु खुसी भएका छन ।
सिमेन्ट उत्पादन सुरु भएसगै देशभर बिक्रीवितरण सुरु गरिएको छ ।