गुल्मी पिपलधाराकी पीडित अनिता खड्कालाई संकलित सयोग रकम हस्तान्तरण

माघ १९, काठमाडौं 
काठमाडौं को नेचुरोपेथी अस्पतालमा करिब आठ महिना देखि ब्रेन हेमरेज भएर जटिल उपचार गराई रहनु भएकी गुल्मी जिल्ला पिपलधाराकी अनिता(जि.सि) खड्का लाई आज एक कार्यक्रम का बिच संकलित सयोग रकम हस्तान्तरण गरिएको छ । 
संकलित सहयोग रकम  एक लाख पन्ध्र हजार चार सय अठासी  (११५,४८८) रुपैयाँ गुल्मी पिपलधारा की ब्रेन हेमरेज पीडित अनिता जिसि र उहाँका श्रीमान बिनोद खड्का को हातमै उहाँ उपचार्थ हस्पिटल पुगेर सामाजिक अभियान्ता बिस्नु सुवेदी बिमल चौहान र गुल्मी का चर्चित पत्रकार महेन्द्र भन्डारीको उपस्थित मा हस्तान्तरण गरिएको अर्घाखाँची का सामाजिक अभियान्ता सचिन पाण्डे ले पत्रकार हरि कुँवर लाई जानकारी गराएका थिए । 
उक्त रकम भारत को नयाँ दिल्लीमा रहनु भएका आम नेपाली सहयोगी मनहरुबाट प्राप्त भएको अभियान्ता सचिन पाण्डे ले बताउनु भयो । सहयोग हस्तान्तरण मा मिडिया सामु बोल्दै पाण्डेले यस्तो जटिल रोग कसैलाई पनि नलागोस् भनेका थिए  ।  दु:ख व्यक्त गर्दै पिडितहरुकै साथमा रहेको बताएका छन्।  
पिडित अनिताकी ३बर्षिय छोरी पनि छन्। उनको हेरचाह गर्नुपर्ने बेलामा आमा हस्पिटल को बेडमा जन्म र मृत्यु सग लडिरहेको देख्दा छोरी गहभरि आँसु बनाएर रोहेको देखिन्छ। आर्थिक अवस्था कमजोर भएको परिवार मा पीडा माथि पीडा थपिएको छ । डाक्टर का अनुसार २३-२५ लाख सम्म खर्च आउने अनुमान गरिएको बताएका छन । 
 सहयोग हस्तान्तरण मा पुगेका सामाजिक अभियान्ता बिस्नु सुवेदी र बिमल चौहानले पनि पीडितको पक्षमा सधैं साथ दिहि रहेको भन्दै अभियान्ता पाण्डेलाई धन्यवाद सहित आफू पनि सधैं हातेमालो गरि रहेको र आगामी दिनमा पनि गरिरहने बताएका थिए ।
पाण्डेले सहयोग अभियानमा साथ दिने सहयोग गर्ने सबैलाई धन्यवाद दिदै। यदि यी पिडित बैनिलाइ अझै सहयोग गर्न चाहाने जो कोहि सहयोगी मनलाई  सम्पर्क मा आउन पनि अनुरोध गरेका छन ।
पिडितका श्रीमान बिनोद खड्का- 9860026812  सचिन पाण्डे -9841242350

अन्य समाचारहरु