लायन्स क्लवद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

दिपक भुसाल  
काठमाडौँ २२ माघ ।  लायन्स क्लवले नुवाकोट  पञ्चकन्या गाउँपालिका ५ मा रहेको भेडाबारी माध्यमिक विद्यालयमा विभिन्न सामग्री वितरण गरेको छ । 
 लायन्स क्लव अफ काठमाडौँ सामाखुसी, लायन्स क्लव अफ काठमाडौँ लुम्विनी र लायन्स क्लव अफ काठमाडौँ रेनवोको संयुक्त आयोजनामा भएको कार्यक्रममा शैक्षिक तथा अन्य सामग्री वितरण गरिएको हो । 
 विद्यार्थीहरुलाई स्कूल ड्रेस, न्यानो कपडा, स्टेशनरी सामग्री तथा खाजाको रुपमा गोल्डेन कुकिज वितरण गरिएको लायन्स क्लव काठमाडौँ लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारीले जानकारी दिनुभयो । 
अधिकारीले क्लवले विभिन्न खाले  कार्यक्रम सञ्चालन गरेर दुःखी गरिव र समस्यामा परेका नागरिकलाई राहत तथा सहयोग प्रदान गरिरहेको बताउनुभयो । 
“निरन्तरका समाजिक गतिविधिले जनस्तरमा क्लवले राम्रो प्रभाव जमाउन सफल भएको छ” उहाँले भन्नुभयो, “क्लवमा जोडिएका सबैको साथ सहयोगले  संस्थाको गरिमा बढ्दै गइरहेको छ  ।” विद्यालयमै आइ विभिन्न सामग्री उपलव्ध गराएपछि  विद्यार्थी, अभिभावक र शिक्षक खुसी  भएका थिए । 

अन्य समाचारहरु