डिआरजी सुमन
अर्घाखाँची डटकम्/अन्तराष्ट्रीय व्युरो डेक्स । सामान्यतः जन्मदिन मौज-मस्ती गरी होटलमा मनाउने गरिन्छ तर यसै समाजमा केही मानिस यस्ता पनि छन जसले रक्तदान जिवनदान भन्दै विदेशमा पनि क़सूर वाँकि राख्दैनन् । एकजना रोल्पाली युवा कयौवर्षदेखी विदेशी भूमिमा रहेता पनि सामाजिक कार्यमा निरन्तर लागी परेका छन । वैदेशिक रोज़गारको लागी एक दशक वढी समय दक्षिण अमेरिकी मुलुक चिलीमा रहेका रोल्पाली युवा अमर पुन: समाजका दुःखी पिडितको सेवागर्न धेरै रुचाउने व्याक्ति हुन । रोल्पा जिल्ला परिवर्तन गाँउपालिका ईरिवाॅङमा जन्मिएको पुनः अन्तराष्ट्रीय रोल्पाली समाजमा पनि आवद्ध छन ।

विश्व कै अन्तिम र लामो देशको रुपमा परिचित मुलुक चिलीमा रहेका नेपालीहरुको एकतामा गठित नेपाली समाज चिली का संस्थापक महासचिव समेत रहेका पुनः चिलीमा रहेर पनि विभिन्न सामाजिक कार्यमा लागी रहेका छन । अन्याय र असमानता विरुद्ध को अभियान पिएसएम नेपालका भ्वाईस व्युरो समेत रहेका पुनः कै पहलमा २०७२ को महाविनाशकारी भुकम्पको केन्द्र विन्दु गोरखाको वार्पाकमा एनएससी र पिएसएम नेपाल मार्फत उद्धारकर्ताको टोली वार्पाक, लाप्रक र सौरपानि लगायतका स्थानमा राहतकर्मी सहित पुगेको थियो ।
पिएसएम नेपाल का पदाधिकारिहरु प्रया:आफ्नो जन्मदिन फ़र्क़ तरिकाले मनाउने गर्दछन त्यसमाथी पुन:को त तरिका झनै वेग्लै छ गतवर्ष घोराहामा रहेको वृद्ध आश्रममा खाद्यान्न वितरण गरेर मनाएका थिए भने यसपटक घोराही मै रहेको सीज स्वर्ग टोल विकास संस्था लाई एकथान ग्याँसचुला दिएर मनाएका छन । यसको अतिरिक्त उनले हरेकवर्ष जन्मदिनको अवसरमा चिलिको एकिकेमै रहेको एक अस्पतालमा रक्तदान गर्दै आएका पुनः ले चिलिको एकिकै मैं रहेको एक अस्पतालमा लगातार ५ ओटा जन्मदिनमा पाँच पटक रक्तदान गरेर जन्मदिन मनाईसकेका छन ।
– तस्वीर अमर पुन: