करिब २० हजार नेपाली बसोबास गर्ने अनुमान गरिएको पोर्चुगलको फारो सहरमा खेतीपाती गरेर बस्ने एक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्थानीय पत्रपत्रिका र स्थानीय अधिकारीलाई उद्धृत गर्दै त्यहाँ बस्ने पत्रकार पदम गौतमले यसको जानकारी गराएका हुन्।
उनका अनुसार खेतीपाती गरेर बस्ने ती नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले उनीसँग बस्ने अन्य ७४ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखेको छ।
दक्षिण युरोपेली मुलुक पोर्चुगलमा अहिलेसम्म करिब ३ सयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्पेनसँग सीमा जोडिएको यो मुलुकमा कोरोना त्रासका कारण बजारहरु ठप्प छन्। देश सञ्चारमा समाचार छ ।