भ्रष्टाचार गर्नु मेरो सोच बाहिरको बिषय हो – रेसुङ्गा नगरपालिका वडाअध्यक्ष अर्याल

 निरु आचार्य 
रेसुङ्गा नगरपालिकाका प्रबक्ता एबम वडा नम्बर १० का अध्यक्ष पदम प्रसाद अर्यालले आफुले बिगत ३ बर्षमा आफ्नो क्षमताले भ्याए सम्मको बिकास निर्माणको कार्य गरेको र केही बिकास बिरोधि तत्वहरुले आफुलाइ असफल बनाउन लागिपरेको बताउनु भएको छ ।
 आफू वडा अध्यक्ष भएपछि उपभोक्ता खानेपानी समितिको अध्यक्ष छोडनु पर्ने प्राबधान भएपनी अरु कोहि आएर यसलाई निरन्तरता दिन सक्ने अबस्था नभएको कारण आफू अध्यक्ष हुनुपरेको बताउनु भएको छ । अब छिटोभन्दा छिटो सम्पुर्ण काम सम्पन्न गरि पत्रकार सम्मेलन गरेर समेत सम्पूर्ण हिसाब किताब पारदर्शी तरिकाले बुझाउने समेत जनाउनु भएको छ । 
आफ्नो बिरोध गर्नेहरू ले आफुलाइ अझै सशक्त रुपमा काम गर्ने प्रेरणा मिल्ने समेत बताउनु भएको छ । आफ्नो कार्यकाल भित्र रेसुङ्गा बिमानस्थल सन्चालनमा ल्याउने , आफू ब्यबस्थापन समितिको अध्यक्ष समेत रहेको भगवती मा बि को स्तर उन्नति गर्ने लगायतका योजनाका साथ अगाडि बढने योजना समेत रहेको जनाउनु भयो ।   आफू निर्बाचित भएपछि दिन रात नभनी जनताकै सेबाको लागि अहोरात्र खटिरहेको बताउनु भएको छ ।
देउरालीबाट एयरपाेट बाटो पिच  ,चमेरेदुला लिफ्ट  खानेपानी रे न पा १० सम्पन्न  हुने ,भित्री सडक समेटेकाे स्तरोन्नति हुनेमा लागी परिरहेको जनाउनु भएको छ ।

अन्य समाचारहरु